काठमाडौँ, भदौ ३ / ज्योति साहित्य प्रतिष्ठानको १८५औँ शृङ्खला भदौ ३ मा सम्पन्न भयो ।
मणिराज सिंहको सभापतित्व, प्रा डा खगेन्द्र लुइटेलको विशेष आतिथ्य र सह प्रा लेखनाथ काफ्ले (ताइवान), प्रभा भट्टराई, भीष्म उप्रेती, डा गोकुलबहादुर क्षत्रीय (भारुच, सुरत, गुजरात, भारत), डा शशी थापा र रीता सिंह (असम, भारत)को विशिष्ट अतिथिहरू रहेको सो भर्चुअल कार्यक्रममा देशविदेशका विशिष्ट साहित्यकारहरूको उपस्थिति थियो ।
सुधा बास्कोटा ढकाल र अम्बिका याम्फु अनमोलद्वारा पालैपालो संचालन गरिएको उक्त कार्यक्रममा कविहरू जीविका अश्रु (गान्तोक, सिक्किम), बाबुराम श्रेष्ठ (सिंधुली), लुइस बिष्ट(गान्तोक, सिक्किम), गंगा लिगल (भैरहवा), महेश राज खरेल (काठमाडौँ), गंगा अभिलाषी (कोलोराडो, अमेरिका), केशु पोखरेल खनाल (नारायणघाट), राकेश कुमार झा (जनकपुर), भुमिका अबिरल (सुन्दर हरैंचा, मोरंग), कल्पना पौडेल जिज्ञासु (नेपालगंज), उमा ओडारी (पाँचथर), प्रभा भट्टराई, सुधा बास्कोटा ढकाल, अम्बिका याम्फु अनमोल, कमला खड्का, मन्जु खरेल (हेटौंडा ), रमेशचन्द्र अधिकारी (धनकुटा), घनश्याम पौडेल(कास्की), रीता सिंह (असम, भारत), मणिराज दहाल (जनकपुर), सुधा मिश्र झा (इमाडोल, ललितपुर ), प्रेम घिमिरे (बर्दिबास,महोत्तरी), गोपाल यादव(गौसला, महोत्तरी), सरिता तुलाधर (बिराटनगर), नारायण घिमिरे(बर्दिबास), सीता पाण्डे, राजेश्वरी काफ्ले(लालबन्दी)ले कविता वाचन गर्नु भयो।
प्रमुख अतिथि प्राध्यापक डा खगेन्द्र लुइँटेलले नेपाली भाषा साहित्यलाई अगाडि बढाउन सबैले सामूहिक प्रयास गर्नु पर्ने बताउनुभयो। गाडीमा इम्बोस्ड नम्बर नेपाली भाषामा लेखिनु पर्दछ भन्ने माग रहेको र यसका लागि सरकारसँग कुरा भैरहेको उहाँले जानकारी दिनुभयो।
“हामी नेपाली भाषामा इम्बोस्ड नम्बर हुनै पर्दछ भन्नेमा दृढ छौँ,” उहाँले भन्नुभयो ।
विदेशबाट समेत स्रष्टाको उपस्थितिमा कार्यक्रम भएकोमा आयोजक ज्योति साहित्य प्रतिष्ठानलाई डा. लुइटेलले धन्यवाद दिनुभयो।
डा. लुइटेलले कार्यक्रममा वाचन गरिएका कविताहरू सुन्दर भएको प्रतिक्रिया दिँदै उहाँले सबै उत्कृष्ट रहेको नभए पनि कविले अरूका कविता सुन्ने र पढ्ने बानी बसाल्नुपर्ने सुझाव दिनुभयो । “सबै कविताहरू छन्दमै हुन्छ; कुनै शास्त्रीय छन्द, कुनै लोक छन्द त कुनै स्वछन्द,” उहाँले भन्नुभयो, “आज तीनै प्रकारका छन्दमा कविता सुन्न पाइयो।” कार्यक्रममा संचालकले प्रत्येकको कवितामा टिप्पणी गर्दा कार्यक्रम लामो हुन गएकाले संचालकले यसतर्फ ध्यान दिनुपर्ने उहाँले सुझाव थियो ।
विशिष्ट अतिथि भीष्म उप्रेतीले आजको कार्यक्रममा केही सिक्किम र असमका कविता सुन्न पाइएकामा खुसी व्यक्त गर्नुभयो ।
यस्तै सभापति मणिराज सिंहले नेपाल, भारतका सिक्किम, असम र गुजरात तथा अमेरिकाबाट समेत राम्रा कविहरूको उपस्थितिले हाम्रो शृङ्खला अन्तर्राष्ट्रिय हुँदै गैरहेकोमा हर्षित रहेको प्रतिक्रिया दिनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।