अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सल्लाहकारमा सातजना साहित्यकार मनोनित हुनुभएको छ ।
मनोनित हुनेमा निवर्तमानअध्यक्ष प्रकाश पौडेल ‘माइला’, साहित्यकार गोविन्द गिरी प्रेरणा(अमेरिका), नियात्राकार प्रतीक ढकाल(नेपाल) , साहित्यकार भारतीगौतम(अमेरिका), साहित्यकार भीमसेन सापकोटा (आचार्य राजन-अष्ट्रेलिया), साहित्यकार डा. रुपक श्रेष्ठ( बेलायत) र प्रा.डा. सावित्रीमल्ल कक्षपती(नेपाल) रहनु भएको छ ।
अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतबार बसेको बैठकले सर्वसम्मत उक्त निर्णय गरेको हो । सल्लाहकारको कार्यावधि २०२४ जुलाईसम्म रहने बताइएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला