प्रधानमन्त्री शेरबहादुर देउवाले दुई कविता कृति लोकापर्ण गर्नुभएको छ । आइतबार आयोजित एक विशेष कार्यक्रममा उहाँले विमोचन गर्नुभएको हो । पूर्वमन्त्री तथा राजदूत प्रतिभा राणाद्वारा लिखित ‘गहिराई’ र अंग्रेजी कविता, ‘कर्टन अफ माया’ विमोचन गरिएको हो ।
सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाविना समाज र देश पूर्ण नहुने बताउने भयो ।
लेखक प्रतिभा राणाले आफूले २१ वर्षको उमेरदेखि लेखेको कविताहरू सङ्ग्रहको रुपमा प्रकाशित भएको बताउनु भयो । कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीयदेन लगायतका विविध, विषय समावेश भएको उहाँले बताउनु भयो ।
समालोचक डा. ज्ञानु पाण्डेले लेखक प्रतिभा राणालाई कविको रुपमा साहित्य बजारमा स्वागत गर्दछु भन्दै उहाँका कविताहरूमा जीवन र जगत समावेश भएको बताउनु भयो ।
समालोचक राम लोहनीले अंग्रेजी कविता माथि समालोचना गर्दै दर्शनलाई व्याख्या गरेर सरल कविता आएको बताउनु भयो । शिखा बुक्सले प्रकाशन गरको दुई कृतिको मूल्य रु. ४५० र रु ३५० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।