साहित्यकार बिक्रम भक्त जोशीको नवीनतम कृति ‘चोभार ब्लुज’माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पेरोल साहित्य समाजको आयोजनामा काठमाडाैँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम भएको हो ।

पेरोल साहित्य समाजकी अध्यक्ष रेणुका भट्टराईको सभापतित्व सञ्चालन भएको कार्यक्रममा प्रा.डा सावित्री मल्ल कक्षपति र चलचित्रकर्मी तथा विश्लेषक प्रकाश सायमी पुस्तक समीक्षकको भूमिकामा रहेका थिए ।

प्रकाश समिरले सञ्चालन गरेको कार्यक्रममा समालोचक महेश पौड्यालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा डा.अशोक मल्ल, प्रधानसम्पादक अश्विनी कोइराला, डा. अशोक थापा, साहित्यकार पुस्कर लोहनी, कवि तथा पत्रकार शरद् प्रधान, समालोचक हरि अधिकारी, कवि महेश क्षितिज, रमेश दाहाल, नाटककार पुरु लम्साल, कवि राजु उबरकोटी, आख्यानकार मिलन कार्कीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।