किशोर नेपाल

किशोर झुत्रे नामबाट साहित्ययात्रा शुरू गरेका पत्रकार किशोर नेपालको आज जन्मदिन हो।
नुवाकोटको झिल्टुङमा सन् १९५२ जुन ६ मा जन्मिएका उनले कथा र निबन्धमा विशेष दक्षता हासिल गरेका छन्।
नेपालमा ट्याब्लोइड पत्रकारिताको स्थापनाको श्रेय पाएका नेपालको पहिलो रचना लुम्बिनी सन्देश साप्ताहिकमा २०२४ सालमा ‘गौतम बुद्ध’ शीर्षकको कविता प्रकाशित भएको थियो।

उनका अर्कै प्रस्तर (कथा संग्रह – वि. सं. २०३४), चिन्ताका क्षणहरु (निबन्ध संग्रह १९८२), रङ्ग मण्डल (लघु उपन्यास) चर्चित छन्। ‘शहरको कथा’ र उनको आत्मकथा ‘मेरो समय’ले पछिल्लो पटक निकै चर्चा बटुलेको थियो।