साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अनेसास कविता महोत्सवका लागि कविता आह्वान, हजार डलर पुरस्कार दिइने

Chovar Blues Mobile Size

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसर पारेर अनेसासले ‘कविता महोत्सव- २०२२’ आयोजना गर्ने भएको छ । यो अनेसास कविता महोत्सवको दोस्रो संस्करण हो । आगामी सेप्टेम्वर २३ अर्थात् असोज ७ शुक्रवार कविता महोत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर ८ भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन् ।

विश्वका कुनै पनि मुलुकमा रहेर नेपाली भाषामा सिर्जनारत सर्जकले सहभागिता जनाउन सक्ने यस महोत्सवमा पुरस्कृत कविलाई नगदसहित सम्मान-पत्र समर्पण गरिनेछ । प्रतियोगितामा प्रथम हुने एकजना कविलाई अमेरिकी डलर ५ सय, द्वितीय हुने एकजना कविलाई ३ सय र तृतीय हुने ३ जना कविलाई २- २ सय नगद प्रदान गरिने छ ।

नियमहरूः
१.कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
२.एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।
३.कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।
४. प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।
५.म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।
६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर ८ , २०२२
कविता पठाउने ईमेलः inls.poemcontest2022@gmail.com

प्रतिक्रिया
Loading...