विराटनगर / मोरङको झोराहाटस्थित धनलक्ष्मी–यशोदा वाङ्मय प्रतिष्ठानले वरिष्ठ कवि जसराज किरातीलाई पुरस्कृत गर्ने भएको छ ।
प्रतिष्ठानको बैठकले पाँच दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय किराँतीलाई ५० राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । सो पुरस्कार धनपति खतिवडा, लक्ष्मीदेवी खतिवडा र यशोदा खतिवडाका छोरा गोविन्द खतिवडा, केदार खतिवडा, गण्डकीपुत्र र बुहारी सीता खतिवडाले स्थापना गरेका हुन् । गण्डकीपुत्र अग्रज कविसमेत हुन् । गण्डकीपुत्रकै अग्रसरतामा पुरस्कार स्थापना गरिएको हो ।
यसअघि सो पुरस्कार वरिष्ठ कवि कुन्ता शर्मालाई समर्पण गरिएको थियो । घोषित पुरस्कार आगामी फागुनमा विशेष समारोह आयोजना गरेर प्रदान गरिने कविसमेत रहेका प्रतिष्ठानका गण्डकीपुत्रले जानकारी गराए ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला