साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साहित्यकार भवानी क्षेत्रीको ढुङ्गा, माटो र म विमोचित

Chovar Blues Mobile Size

बिर्तामोड / प्रगतिशील लेखक संघ झापाको आयोजनामा बिर्तामोडमा भएको कार्यक्रममा साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित ‘ढुङ्गा, माटो र म’ कविता सङ्ग्रहको विमोचन गरिएको छ।

प्रगतिशील लेखक संघ झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा प्रगतिशील लेखक संघ नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम साहित्यकार मिश्र वैजन्तीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मिश्र वैजन्ती, प्रगतिशील लेखक संघ प्रदेश नं. १ का अध्यक्ष तीला लेकाली, प्राज्ञ सुभद्रा भट्टराई, सिक्कमेली स्रष्टा राजन शिवाकोटी, वरिष्ठ अधिवक्ता लीला उदासी र प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य राजेन्द्र सङ्ग्रौला लगायतले साहित्यकार भवानी क्षेत्रीद्वारा लिखित ‘ढुङ्गा,माटो र म’ कविता सङ्ग्रहको लोकार्पण गर्नु भएको थियो ।

लोकार्पित कृतिको परिचयात्मक चर्चा समीक्षकद्वय शारदा शर्मा र होम सुवेदीले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मिश्र वैजन्ती, तीला लेकाली, लीला उदासी, सुभद्रा भट्टराई, राजन शिवाकोटी, राजेन्द्र सङ्ग्रौला, आख्यानकार पुण्यप्रसाद खरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा पुण्यप्रसाद खरेलले लोकार्पित कृतिबाट ‘ओ ओसामा विन लादेन’, नमुना निरौला दाहालले ‘ए मन’, देवीचरण भण्डारीले ‘आमा’, लतिका जोशीले ‘बाटो’, सुमित्रा वाङ्देन चेलीले ‘आमा र आमाहरू’, खगीन्द्रा खुसीले ‘फूलमाया’, मायामितु नेउपानेले ‘सिलगुडीबाट’, तीला लेकालीले ‘दुबो हुँ म’, विवश बलिभद्र कोइरालाले ‘उपहार’ र हरिप्रसाद नेउपानेले ‘म नेपाली हुँ’ शीर्षकको कविता वाचन गर्नु भएको थियो ।

sagarmani mobile size

कार्यक्रममा कृतिकार भवानी क्षेत्रीले वनस्पतिजन्य विरुवाहरू र ढुङ्गामा आफैँले बनाएका सांकेतिक भाव भएका ढुङ्गाहरू मायाको चिनोका रुपमा प्रदान गर्नुभएको थियो । प्रगतिशील लेखक संघ झापाकी उपाध्यक्ष आरती पोखरेलले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन विन्दु दाहाल मूकदर्शकले गर्नु भएको थियो ।

प्रतिक्रिया
Loading...