नेपाल राष्ट्र बैंकले भाषाविद्का रुपमा सूचीकृत हुनका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद् (सम्पादक)हरूको सूची तयार गर्ने प्रयोजनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिबाट दरखास्त गरिएको जनाएको हो ।

नेपाली भाषाविद्को लागि न्यूनतम योग्यता नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनुपर्नेछ ।

यस्तै नेपाली विषयमा विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित भाषा विज्ञ (सम्पादन)का रुपमा कार्य गरेकालाई छनोटको प्राथमिकतामा राखिने छ ।

साथै अंग्रेजी भाषाविद्का लागि न्यूनतम योग्यता अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी पाँच वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको हुनुपर्नेछ ।

यसमा अंग्रेजी विषयमा विद्यावारिधि उपाधि हासिल गरेको, अर्थशास्त्र, बैंकिङ, वित्त वा व्यवस्थापन विषयमा स्नातक उपाधि हासिल गरेको र सम्बन्धित भाषाविज्ञ (सम्पादन)को रुपमा कार्य गरेकालाई छनोटमा प्राथमिकतामा राखिनेछ ।

इच्छुकले भदौ १० गतेभित्र publication@nrb.org.np मा ई–मेल पठाउनुपर्ने बताइएको छ।