
मदन पुरस्कार २०७८ का लागि ८ वटा पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले सोमबार ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।
सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश, सुजित मैनालीको सती: इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली छन् ।
गुठीमा प्राप्त भएका २१० किताबबाट यो सूची बनाइएको हो । यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार दिइनेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
