अनलाइनमार्फत आयोजना गरिने अन्तर्राष्ट्रिय कविता मन्थन कार्यक्रम कविता यात्राको प्रथम संस्करण आइतबार सम्पन्न भयो । सो कार्यक्रममा संसारभरिका नेपालीभाषी साहित्यकारहरूले नेपाली भाषासाहित्यको उन्नयनमाथि चिन्ता प्रकट गर्दै आफ्ना सुन्दर कविता वाचन गर्नुभयो ।
कार्यक्रममा नेपालका वरिष्ठ साहित्यकार शैलेन्द्र शाकार, जलेश्वरी श्रेष्ठसँगै दार्जिलिङबाट डा. साङ्मु लेप्चा जोडिनु भएको थियो ।
ललितपुरबाट सुधा मिश्र झा, काठमाडौंबाट महेशराज खरेल र गंगा आचार्य सापकोटा, भैरहवाबाट गंगा लिगलले कवितायात्रालाई शुभकामना काव्य सुनाउँदै शुरू भएको सो कार्यक्रममा सरस पाण्डे (धादिङ), सरिता तुलाधर (बिराटनगर), विश्व नेपाली साहित्य महासंघ, नेपाल शाखाका महासचिव अम्बिका याम्फु अनमोल( काठमाडौं ), सीता पाण्डेय (काठमाडौं ), मीना श्रेष्ठ (इटहरी), देवीका मंग्रान्ती राई (खर्स्याङ, दार्जलिङ), गंगा अभिलाषी (कोलोराडो, अमेरिका), विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका वरिष्ट उपाध्यक्ष केशु पोखरेल खनालले (चितवन), उर्मिला पन्त पाण्डेय (काठमाडौं ), रश्मि रिमाल (काठमाडौं ) र उमा ओडारीले भर्चुअली कविता वाचन गरी कार्यक्रममा रौनकता थप्नु भयो।
प्रमुख अतिथि वरिष्ठ कवि शैलेन्द्र साकारले कार्यक्रममा नेपाल बाहिर र विदेशबाट समेत कविहरू जोडिएको र राम्रा कविता सुन्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि कथाकार जलेश्वरी श्रेष्ठले अधिकार मात्र खोज्ने कर्तव्यबारे नसोच्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा पुरुषभन्दा महिला कविका कविता बढी सुन्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।
अर्का विशिष्ट अतिथि दार्जलिङका डा. साङ्मु लेप्चाले भारतमा नेपाली साहित्य र भाषाको स्थिति अहिले पनि त्यति सन्तोषजन नरहेको भन्दै पठन संस्कृति निकै कमजोर अवस्थामा रहेको, नेपाली पुस्तक र साहित्यिक पत्रपत्रिका बिक्री वितरणमा समस्या रहेको बताउनुभयो । उहाँले दार्जिलिङ, सिक्किम, असम र मेघालय नेपालीभाषी बाहुल्य क्षेत्र भए पनि नेपाली भाषाका साहित्यिक पुस्तकको राम्रो नरहेको बताउँदै उहाँले एउटा सुन्दर हिन्दी कविता वाचन गर्नुभयो ।
चन्द्रागिरी साहित्य प्रतिष्ठान र विश्व नेपाली साहित्य प्रतिष्ठान काठमाडौं शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कनले साहित्यकार हुन ए कभन्दा बढी विधामा कलम चलाउनु पर्ने बताउँदै खोरिया विधाको प्रवर्तकका नाताले एउटा खोरिया र एउटा कविता वाचन गर्नु भयो।
कार्यक्रम मणिराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।