डिआर उपाध्याय

डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ । डीआरको शब्द/स्वर र सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डीआर म्युजिक एन्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको छ ।

गीतकारका रुपमा परिचित डा. उपाध्यायले यस पटक गायनमा पनि हात हालेका छन्। सबैको घर स्वर्ग जस्तो होस्, जसका लागि आवश्यक कुराहरु के-के हुन्छन् भन्ने विषय डा. उपाध्यायले गीतमार्फत प्रस्तुत गरेका छन् ।

‘एउटा आदर्श घरको कल्पना गरेर घरका सदस्य सबैले आफ्नो जिम्मेवारी वहन गरुन्, हरेकको घरमा सुख शान्ति होस् भन्ने हेतुले मैले यो गीत स्रोता/दर्शकमाझ ल्याएको हुँ,’ गीतकार उपाध्यायले भने । डा. उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम ‘स्वर्गघर’मा समावेस .गीतको यो लिरिकल भिडियो हो।

घर यस्तो होस् जहाँ
शुख शान्तिले बास गरोस् ।
एक अर्काको आधार
बनोस् परिवार
हर ओठमा मुस्कान
सधैं कायम रहोस्
जहाँ माता पिताको
आदर होस्
सन्ततिको भावनाको
कदर होस्
कर्तब्यदेखि टाढा
नभागोस् कोही
हर सुख दुःखमा
सधैं साथ रहोस्
घर बनोस् मन्दिर जहाँ
ईश्वरको बास रहोस्
सधैँ विश्वासको आधार
बनोस् परिवार
हर ओठमा मुस्कान
सधैं कायम रहोस्
रिस राग कसैको
मनमा नहोस्
सद्भाव सबैमा
रहिरहोस्
हर कठिन घडीमा
एक जुट बनोस्
माया ममता सधैं
बनिरहोस्
घर बनोस् मन्दिर जहाँ
ईश्वरको बास रहोस्
एक अर्काको खुशी
बनोस् परिवार
हर ओठमा मुस्कान सधैँ
कायम रहोस्

उपाध्यायका दश वटा उपन्यास प्रकाशित छन् भने सयौं गीत रचना गरेका छन्। उनको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो । डा. उपाध्यायका अहिलेसम्म १८ एल्बम बजारमा आइसकेका छन्।

हेर्नुहोस् लिरिकल भिडियोः