साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘मलिलो माटो’को लेखकस्वबाट अनाथ आश्रमलाई सहयोग

Chovar Blues Mobile Size

बुटवल, साउन १७ / लेखक सपना आचार्यले आफ्नो पहिलो उपन्यास ‘मलिलो माटो’को बिक्रीबाट आएको रकमले नेपाल अविनाश अनाथ आश्रममा भोजन तथा अन्य सामग्री वितरण गर्नुभएको छ ।

आउँदै गरेको हरितालिका पर्वको अवसरमा शुभकामना दिँदै मलिलो माटो उपन्यास छैटौँ महिना लागेको र पुस्तक बिक्रीबाट उठेको रकमबाट आज आश्रममा आश्रय लिएका बालबालिकालाई भोजन गराउनुभएको हो । जन्मदिन तथा तिजको दर खान होटल रेष्टुरेन्टमा हजारौँ रूपैयाँ खर्च गर्नुभन्दा असहाय, दीनदुःखी तथा बालबालिकासँग यसरी भेटघाट तथा मनाउन पाउँदा खुसी लाग्ने गरेको बताउनुभयो ।

खुसीसँगै यस्ता कार्य र सानो सहयोगबाट साहित्य क्षेत्रमा लागेकाहरूलाई मात्रै नभई युवापुस्तालाई पनि अनाथ, गरिब तथा दीनदुःखीलाई सेवा गर्ने उत्पेरणा मिल्ने उहाँले बताउनुभयो ।

अविनाश अनाथ आश्रमका प्रबन्धक अविनाश ज्ञवालीले तिजको अवसर पारेर साहित्यकार सपना आचार्यले आश्रममा साँझको खानासहित दैनिक जीवनमा आवश्यक पर्ने सामग्री तथा शैक्षिक सामग्रीहरू वितरण गर्नुभएकामा धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो कृतिको बिक्रीबाट आएको रकमबाट यसरी सहयोग गरेको सुन्दा आफूलाई गर्व लागेकोसमेत ज्ञवालीले बताउनुभयो ।

उपन्यासकार आचार्यले गएको फागुन ७ गते सार्वजनिक गर्नुभएको ‘मलिलो माटो’ नारीप्रधान उपन्यास चैत महिनामा बेस्टसेलर सुचीमा आठौँ नम्बरमा रहेको थियो । त्यस्तै साहित्यपोस्टको उत्तम कृति पुरस्कारको लामो सूचीमा समेत परेको थियो ।

sagarmani mobile size

प्रतिक्रिया
Loading...