साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

युएईमा प्राइम कार्गोको तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

Chovar Blues Mobile Size

डि जि शर्मा
युएई

युएईमा हुने साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरुमा विभिन्न किसिमको सहयोग गर्दै आएको प्राइम एक्सप्रेस कार्गो एण्ड कुरियरले तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

युएईको दुबईस्थित एभरेष्ट क्लब, बरदुबईमा आइतबार सम्पन्न “प्राइम छमछमी तीज कार्यक्रम २०२२” प्रतियोगितामा दिव्या सुब्बा प्रथम हुनुभएको छ । प्रथम भएसँगै उहाँले एक हजार दिह्रामसहित प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

त्यसैगरी प्रतियोगितामा सानु भण्डारी द्वितीय र  वली मोक्तान तृतीय हुनुभएको छ । द्वितीय हुनेलाई ७ सय ५० र तृतीय हुनेलाई ५ सय दिह्रामसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा दुई जना सिर्जना शेन र मनिशा राईलाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीहरुलाई प्रशंसाप्रत्र प्रदान गरिएको थियो । नृत्य प्रतियोगिताको निर्णायकमा कूल लेप्चा, सनम रसाईली, किरण तमु र पुष्पा गुरुङ रहनु भएको थियो ।

प्रतियोगितामा सहभागी हुनका लागि आयोजकले “तीजको रहर आयो बरी लै” बोलको गीतमा टिकटक भिडियो बनाएर पठाउन आह्वान गरेको थियो । आयोजकलाई प्राप्त भिडियोहरुमध्ये निर्णायकहरुको मतका आधारमा उहाँहरुलाई विजयी घोषणा गरिएको हो । प्राप्त भिडियोहरुमध्ये उत्कृष्ट ७ जनालाई कार्यक्रमका दिन स्टेजमा लाइभ प्रस्तुतिको पनि अवसर प्रदान गरिएको कार्यक्रम संयोजक अनुप्रियाले जानकारी गराउनु भयो ।

sagarmani mobile size

कार्यक्रममा सामाजिक सञ्जाल विशेषगरी टिकटकमार्फत विभिन्न सन्देशमूलक र कमेडी प्रस्तुतिका कारण चर्चमा रहेको जोडी फुले बुढा अर्थात नवराज पाण्डे र रमन सुवेदीको विशेष हाँस्यव्यङ्ग्य प्रहसन रहेको थियो ।
अन्य  कलाकारहरुद्वार तीज विशेष गायन तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित अधिकांशलाई मायाको चिनो प्रदान गरिनुका साथै सो कार्यक्रमको फेसबुक लाईभ गरेर धेरै भ्युज प्राप्त गर्नेहरुलाई  ३० केजी सामान निशुल्क कार्गो गर्ने अवसर समेत दिइएको थियो।

यसैबिच ताप्लेजुङ सेवा समाज युएईकी संरक्षक सोनी भण्डारीले प्राइम कार्गोका सञ्चालक मोहमद जियादलाई नेपाली ढाका टोपी र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

NRNA ICC युएईकी सदस्य कल्पना राईको प्रमुख आतिथ्य तथा आयोजक प्राइम एक्सप्रेस कार्गोका सञ्चालक मोहमद जियादको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्जु लामाले स्वागत नृत्य गर्नुभएको थियो ।
प्राइम कार्गोकी कर्मचारी सरिता खत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन गजलकार जे. सागर, श्री भवानी नेपाल र अनुप्रियाले गर्नु भएको थियो ।

प्राइम एक्सप्रेस कार्गो एण्ड कुरियरले युएईमा रहेर लामो समयदेखि नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान,बङ्गलादेश, फिलिपिन्स लगायत देशमा सामान पुर्याउने (कुरियर) सेवा दिँदै आएको छ । प्राइम कार्गोले डकुमेन्ट कुरियर भने विश्वभरी नै गर्दै आएको छ ।

 

 

प्रतिक्रिया
Loading...