साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निजामती स्रष्टाको रचना ‘राष्ट्रसेवक काव्यकुञ्ज’ विमोचित

Chovar Blues Mobile Size

इटहरी / राष्ट्रसेवक स्रष्टाहरूको एक जमघटले इटहरी गुञ्जायमान भएको छ । राष्ट्रसेवक कर्मचारीहरूद्वारा संकलित कविता संगालो ‘राष्ट्रसेवक काव्यकुञ्ज’ नामक कविता संग्रहको विमोचन विमर्श तथा रचना वाचन कार्यक्रमले इटहरी गुञ्जामान भएको हो ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्ला कार्य समितिद्वारा आयोजित सो कार्यक्रममा कविता संग्रहका बारेमा कवि मनु मञ्जिलले छोटो विवेचना गर्नु भएको थियो । सो कार्यक्रममा भुवन राई, प्रकाश राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका वक्ताहरूले राष्ट्रसेवक काव्यकुञ्जका बारेमा मन्तव्य दिनुभएको थियो ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्ला कार्य समितिका अध्यक्ष गणेशप्रसाद भट्टरार्इृको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री एवम् गीतकार राजन राईले राष्ट्रसेवक काव्यकुञ्जको विमोचन गर्दै आफू पनि सिर्जनामा रमाउन चाहने र साहित्यले समाजलाई ऊर्जा दिएर परिवर्तनका लागि घच्घच्याउने बताए ।

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्ला कार्यसमिति सुनसरीले प्रकाशित गरेको सो कविता संग्रहमा बहालबाला र सेवा निवृत्त राष्ट्रसेवकहरूको कविता संकलन गरी प्रकाशनमा ल्याइएको हो ।

संग्रहमा १ सय २३ जना स्रष्टाहरूको कविता समेटिएका छन् । सो कार्यक्रममा रमेश रैग्मी, अनु विज्ञाती, तेजकुमारी पराजुली, धीरेन्द्र शाह, अनिल किराती, केशव खतिवडा, प्रैमप्रकाश उप्रेती, खड्गबहादुर थापाले उक्त संग्रहमा प्रकाशित रचना वाचन गरेका थिए । यसैगरी अतिथि कविको रूपमा किरण सिवा, प्रज्वल पराजुली, विराट अनुपम, टीका आत्रेय, कविता राई, देवान किराती लगायतले कविता वाचन गर्नु भएको थियो ।

sagarmani mobile size

माधव पोखरेल गोज्याङ्ग्रे

प्रतिक्रिया
Loading...