काठमाडौं, साउन १३ / हास्यव्यङ्ग्य लेखनमा चर्चित साहित्यकार माणिकरत्न शाक्यको आज राजधानीमा एउटा कविता सङ्ग्रह ‘घर : घरजस्तो छैन’ विमोचित भएको छ । साउन १३ मा स्रष्टा शाक्यको जन्मदिनको अवसर पारेर सो कृति विमोचित गरिएको थियो ।
प्रमुख अतिथि मोहन दुवाललगायत मन्चमा आसिन सबैले पुस्तक विमोचन गर्नु भएको थियो। पुस्तक र यसका स्रष्टाबारे नरनाथ लुइटेलले समीक्षात्मक मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसैगरी चट्याङ्ग मास्टर र मनोज गजुरेलले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो । माणिकरत्न शाक्यको लेखकीय मन्तव्य राख्नु भएको थियो भने चक्र दवाडीले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।
भूँडीपुराण प्रकाशनद्वारा प्रकाशित “घर घरजस्तो छैन“ पुस्तक विमोचन कार्यक्रमको सभापतित्व प्रकाशनका अध्यक्ष केशव पराजुलीले गर्नु भएको थियो भने उद्घोषण सरोज घिमिरेबाट भएको थियो ।
उक्त कार्यक्रममा स्रष्टा सर्जकहरू रमेश खकुरेल, नरेन्द्रबहादुर श्रेष्ठ, सानुराजा अञ्जान, प्रतीक घिमिरे, रामप्रसाद पन्त, राजेश खनाल, जयदेव भट्टराई, धीरेन्द्र प्रेमर्षी, गोविन्दबाबु तिवारी, किशोर पहाडी लगायतको उपस्थिति थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।