ताइवानमा बसेर नेपाली भाषा साहित्यलाई माया गर्नु हुने सहायक प्राध्यापक डा लेखनाथ काफ्लेलाई एक समारोहबीच प्रा. तुलसी दिवसले सम्मान गर्नु भयो।
नेपालबाहिर बसेर पनि नेपाली भाषा र साहित्यलाई माया गर्ने विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं शाखालाई धन्यवाद दिनु हुँदै प्रा. दिवसले भाषा र साहित्य जीवित रहेमा सबैले गर्व गर्न सक्ने बताउनुभयो । त्यसैले यस्ता श्रष्टाको सम्मान गर्नुपर्ने उहाँको धारणा थियो ।
साहित्य र कवितामा आफ्नो मौलिकपन हुनुपर्दछ, नत्र सिर्जना र श्रष्टा भिडमा हराउने उहाँको तर्क थियो ।
डा लेखनाथ काफ्लेले अफ्नै घरदेशमा आफू यसरी सम्मानित भएकोमा खुशी व्यक्त गर्नुहुँदै प्रा. तुलसी दिवसको हातबाट सम्मानित हुन पाएकोमा अझै गर्व लागेको बताउँदै उहाँले काठमाडौं शाखालाई आभार व्यक्त गर्नु भयो।
उहाँले विश्व नेपाली साहित्य महासङ्घले विश्वभरिका श्रष्टाहरूलाई जोडेर कार्यक्रम गरिरहेको र खासगरी विश्वका अन्य भाषामा नेपाली साहित्यलाई अनुवादको माध्यमबाट प्रचार प्रसार गरिरहेको जानकारी दिनुभयो।
यस अवसरमा बहुमुखी साहित्यकार प्रकाश सायमीले यस्तो कार्यक्रमले सर्जकमा हौसला थपिने बताउनुभयो ।
साहित्यकार शरद प्रधानले डा. काफ्लेलाई बधाइ दिनु हुँदै आफ्ना विविध अनुभव साझा गर्नुभयो ।
काठमाडौँ शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा तोयानाथ सुवेदी, सरस पाण्डे, सुस्मिता श्रेष्ठ, सुधा मिश्र, मणिराज सिंह र चुडा निर्भिकसँगै तुलसी दिवस, डा. काफ्ले, प्रकाश सायमीले कविता वाचन गरी कार्यक्रममा रौनकता थप्नु भयो। कार्यक्रममा साहित्यकार भानुप्रकाश जोशी, चोभार ब्लुजका लेखक विक्रमभक्त जोशी, सुमीर पाख्रीन, ई मानबहादुर भुजेल, विक्रम पाण्डे लगायत अन्यको उपस्थिति थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।