साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दुई सर्जकलाई अनेसासको पुरस्कार

Chovar Blues Mobile Size

अमेरिकाको भर्जिनियाको मनाससमा “बासदेखि पुनर्वाससम्म” संस्मरणात्मक निबन्धका लागि “अनेसास होमनाथ सुबेदी डायस्पोरा वाङ्मय पुरस्कार” प्रदान गरिएको छ । अमेरिकाको क्यान्टोकी सहरका सर्जक डा. लक्ष्मीनारायण ढकाललाई पुरस्कृत गरिएको हो । यसैगरी ‘अनेसास दिल-लीला बस्नेत सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार” “लेखककी छोरी” कृतिका लागि जे एन दाहाललाई प्रदान गरिएको छ ।

जीवन विज्ञान अमेरिकाको चक्र विज्ञान सप्ताहको समापन समारोहको समयमा जीवन विज्ञानका गुरुहरू एलपी भानु शर्मा र रमेश नेपालले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

उक्त अवसरमा पुरस्कार समितिका संयोजक डा. गोपी उप्रेतीले यसपटक अनेसासका धेरै पुरस्कारहरू नेपालबाट नै समर्पण गरिसकिएको तर वितरण गर्न बाँकी यी दुई पुरस्कार यस अवसरमा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

अनेसास ट्रष्टीका सचिव शिव लामिछानेले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिको नव निर्वाचित महासचिव विमला निरौला ट्रष्टी उपाध्यक्ष पुरु सुवेदी र अनेसास उल्लेख्य आजीवन सदस्य र ट्रष्टी सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
Loading...