साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

Chovar Blues Mobile Size

आँबुखैरेनी स्रष्टा समाजको हालै बसेको कार्य समितिको बैठकले २०७८ सालको विभिन्न विधातर्फको पुरस्कारको घोषणा गरेको छ ।

समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सानुकाजी थापा संयोजक रहेको पुरस्कार छनोट समितिको सिफारिस अनुसार साहित्यतर्फ कवि खुमनारायण पौडेललाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार–२०७८’, हास्यव्यङ्ग्य विधातर्फ हास्यकलाकार सुभाष गजुरेललाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार–२०७८,’ ‘हेर्ने कथा’मार्फत खोजमूलक र साहसिक पत्रकारिता गर्दै आउनु भएका विद्या चापागाइँलाई ‘उत्कृष्ट खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसका स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउन सफल व्यवस्थापन संकायतर्फका मञ्जु थापा र शिक्षाशास्त्र संकायतर्फका सुलना गुरुङ्लाई प्रदान गर्ने निर्णय गरेको छ ।

पुरस्कार आउँदो भदौ २४ र २५ गते आँबुखैरेनीमा आयोजना गरिने काव्योत्सवमा प्रदान गरिने छ ।

बैठकले आँबुखैरेनीको साहित्य, कला र संस्कृतिको उन्नयन र विकासको लागि आँबुखैरेनी गाउँपालिकाले आ. ब. २०७९/०८० को लागि बजेट विनियोजन गरेकोमा गाउँपालिका प्रमुख लगायत सम्पूर्ण गाउँपालिका परिवारमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया
Loading...