साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जन्मदिनमा दुई पुस्तक

Chovar Blues Mobile Size

काभ्रे ∕ साहित्यकार सूर्य लाकोजूका दुई नवीनतम् कृति ‘अक्षरका स्वरुप’ नामक मुक्तक सङ्ग्रह र बाल्यकालीन संस्मरण ‘स्मृतिको आँखीझ्यालबाट’ नामक निबन्ध सङ्ग्रह प्रकाशनमा आएको छ । साहित्यकार लाकोजूको जन्मदिनको अवसरमा प्रकाशनमा ल्याएका ती दुबै पुस्तक एक समारोहबीच विद्यार्थीहरूले संयुक्त रुपमा गरेका थिए ।

लाकोजूको स्मृतिको आँखीझ्यालबाट निबन्धसङ्ग्रहमा तेह्रओटा निबन्धहरू राखिएका छन् । विभिन्न सन्दर्भमा लेखिएका ती निबन्धहरूले बाल्यकालीन यादलाई ताजा गराउँदै त्यसबेलाको सांस्कृतिक परिवेश, जीवन पद्धति, भौगोलिक अवस्था आदिका बारेमा पुस्तकले जानकारी गराउने कुरा लेखक लाकोजूले बताएका छन् ।

उनको अर्को प्रकाशित कृति ‘अक्षरका स्वरुप’ मुक्तक सङ्ग्रह हो । यस मुक्तक सङ्ग्रहभित्र सयओटा मुक्तहरू रहेका छन् । सङ्ग्रहित मुक्तकले देशभक्तिको भावना बोकेका छन् । वर्तमान राजनीतिको विषयमा पनि मुक्तक बोलेको छ । मुक्तकहरूले समाजक विकृति, विसंगतिहरूलाई निमित्यान्न पार्नुपर्ने विचार पनि उठाएको छ । प्रेम, प्रणयका विषय पनि मुक्तकहरूमा उठाइउको छ । यसका साथै मुक्तकसङ्ग्रहमा मानवीय संवेगहरू, प्रवृत्तिहरूको चिरफर गर्ने काम सङ्ग्रहित मुक्तकहरूले बोकेका छन् । ती दुबै पुस्तक एक समारोहबीच विद्यार्थीहरूले संयुक्त रुपमा गरेका थिए ।

नेपाली साहित्यमा कविता, कथा, निबन्धजस्ता विविध विधामा कलम चलाउँदै आएका लाकोजूका विविध विधाका तीन दर्जन कृति प्रकाशित छन् । कवि लाकोजू विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल बन्दै आएका छन् ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...