साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सिद्धिश्वरमानका नाउँमा वरिष्ठ व्यक्तित्वहरू सम्मानित

Chovar Blues Mobile Size

काठमाडौं, असार ३२ / सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले स्वास्थ तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङको प्रमुख आतिथ्य एवं नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेतीको विशिष्ट आतिथ्यमा “सम्मान तथा अक्षलोक लोकार्पण” कार्यक्रम आयोजन गरेको छ ।

केन्द्रका अध्यक्ष ई. स्वजन स्वराज शाक्यको अध्यक्षतामा अक्षलोक साहित्यिक पत्रिकामार्फत सामाजिक, राजनितिक, साहित्यिक, एवं शैक्षिक रूपान्तरणमा आजन्म तपस्यारत रही गत वर्ष कोभिडले स्वर्गारोहण हुनुभएका प्राध्यापक सिद्धिश्वरमान श्रेष्ठको पुण्यस्मृतिमा आयोजित कार्यक्रममा साहित्य, समाजसेवा, र शिक्षाको क्षेत्रमा विशेष योगदान गर्ने चार व्यक्तित्वहरुलाई नगद रु १०,००० सहित पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा सिद्धिश्वरमान—मिलनमुक्ति उत्कृष्ट साहित्य साधना पुरस्कार वरिष्ठ साहित्यकार सुशीला प्रधानांगलाई, सिद्धिश्वरमान—चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार, अमेरिकामा रही समाजसेवाको क्षेत्रमा उदाहरणीय योगदान पु¥याउनु हुने शैलेन्द्रकुमार मानन्धरलाई, सिद्धिश्वरमान—महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरष्कार, वरिष्ठ अर्थशास्त्री प्रा. डा. गोविन्द नेपाललाई, सिद्धिश्वरमान—विजया तिवारी उत्कृष्ट शिक्षक उत्प्रेरक पुरस्कार, शिक्षाकर्मी सीमितादेवी रंजितकारलाई प्रदान गरिएको थियो ।

यसका साथै नेपाली साहित्य, समाज, स्वास्थ्य र शिक्षामा उदाहरणीय कार्य गरी समाज रूपान्तरणमा बलियो टेवा पु-याएका अन्य व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । नेपाली साहित्यमा विगत पाँच दशक भन्दा बढि समयदेखि योगदान गर्दै आउनु भएका एवं नेपाली साहित्यलाई नयाँ आयाम दिने चार साहित्यकारहरू माया ठकुरी, पदमावति सिंह, भागिरथी श्रेष्ठ, र जलेश्वरी श्रेष्ठलाई नेपाली साहित्यको आमा खम्बाको रुपमा सम्मान गरिएको थियो । यसको साथै नेपाली साहित्यको श्रीवृद्धिमा भागिरथ तपस्वी जोडी मोहन दुवाल र भारती श्रेष्ठलाई युगल साहित्य साधकको रूपमा सम्मान गरिएको थियो ।

अन्य सम्मानीत हुने व्यक्तिहरूमा सरला क्रिस्ट श्रेष्ठ, शुशिला श्रेष्ठ, साधना श्रेष्ठ, प्रा.डा. विधान निधि पौडेल, त्रिभुवन मान श्रेष्ठ, डा. केदार नाथ रंजित, ई. विद्या मानन्धर, मालती वैद्य, शान्त बहादर शाह, डा. मनोज कुमार थापा, पारसमणि दाहाल र विष्णु कुमार अग्रवाल हुनुहुन्थ्यो ।

sagarmani mobile size

यसबाहेक कार्यक्रममा विगत चार दशकभन्दा बढी समयदेखि नेपाली साहित्यप्रेमीमाझ स्थापित अक्षलोक साहित्यिक पत्रिकाका प्रधान सम्पादकका रुपमा कार्यरत सिद्धिश्वरमान श्रेष्ठको स्मृतिमा प्रकाशित अक्षलोकको विषेशांकको लोकार्पण पनि गरिएको थियो । यस विषेशांकमा सिद्धिश्वर मान श्रेष्ठको सम्झनामा उहाँले नेपालको साहित्य, राजनितीक, र शिक्षा क्षेत्र तथा व्यक्तिगत रुपमा गर्नुभएका कामहरुको सम्झना गरि लेखिएका रचनाहरु समावेश गरिएको छ ।

राष्ट्रिय नाचघरमा भएको सो कार्यक्रम माधव प्रधान तथा संचार विशषेज्ञ स्वर्णिमा श्रेष्ठ मिलेर संचालन गरेका थिए भने यसमा माननीय डा. विजय सुब्बा, माननीय नन्द कुमार प्रसाई, लेखक तथा अर्थशास्त्री डा.सावित्री श्रेष्ठ, नेपाल संगीत तथा नाट्य प्रतिस्थानका कुलपति रायन, जन—गायक रामेश, प्रा. जगत प्रसाद उपाधयाय, वेनी जंगम, डा. हेमनाथ पौडेल, अशोक राई, प्रा. डा. राजेन्द्र प्रसाद अधिकारी, प्रा. डा. जीवराज पोखेरेल, लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
Loading...