मिथिला कला दीर्घा, ठमेलमा यो साता कलाकार अक्षरा सिंहको कला प्रदर्शनी आयोजना भयो ।
प्रकृतिको सुन्दरता नामक शीर्षकमा प्रदर्शित उनको यो दोस्रो एकल चित्रकला प्रदर्शनी हो । प्रदर्शनीमा कलाकार सिंहको २२ चित्रहरू राखिएका छन् ।
चित्रहरू प्रायः एक्रेलिक माध्यममा बनिएका छन् र विषयवस्तु प्राकृतिक सौन्दर्यमा केन्द्रित छन् । जहाँ हिमाल, पहाड, चराचुरूङ्गी र प्राकृतिक छटाहरू क्यानभासमा सलबलिएको देख्न सकिन्छ ।
अमेरिकामा साइकोलोजी विषयमा अध्ययन गर्दै गरेकी अक्षराको चित्र सृजनको दक्षता उत्कृष्ट छ । नाइफको स्ट्रोकले प्रभाविलो बनेका हिमाल आकृतिहरू जमाएका साँच्चै नै लोभलाग्दो देखिन्छ । साथै क्यानभासमा अंकित विविध जातजातिका चराहरूको चित्रले सिमसारको सुन्दरता झल्काउँछ ।
उक्त कला प्रदर्शनीको उद्धाटन कलाकार एवम ललितकला प्रज्ञाप्रतिष्ठानकी परिषद सदस्य शुष्मा राजभण्डारीले गर्नु भएको थियो । वरिष्ठ कलाकार गहेन्द्रमान अमात्यको सभापतित्वमा सम्पन्न भएको प्रदर्शनीको क्रार्यक्रममा कलाकार एवं कला समीक्षक तीर्थ निरौलाले नवोदीत कलाकारको कलाको सन्दर्भमा बोल्नु भएको थियो भने कार्यक्रमको संचालन ग्यालरीका संचालन एवं कलाकार श्यामसुन्दर यादवले गर्नु भएको थियो । प्रदर्शनी हप्ता दिनसम्म रहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।