विराटनगर, असार २९ /२०९ औं भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा गुरु दक्षिणा शीर्षकको कविता वाचन गरेका उजागर नेपाल प्रथम भए । विचार शीर्षकको कविता वाचन गरेका पुष्पराज तिम्सिना द्वितीय र ओजस्वी कर्ण तृतीय भएका हुन् । प्रतियोगिताका विजयीहरुले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विद्यालयका ४० विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कवि मीनकुमार नवोदित र विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले प्रमाणपत्र र नगद प्रदान गरे । कार्यक्रममा बोल्दै कवि नवोदितले एभरेष्ट विद्यार्थीहरुको चौतर्फी विकासका निम्ति बनाएको वातावरणको प्रशंसा गर्दै कला र साहित्य सधै जीवन्त रहने चर्चा गरे । उनले कला र साहित्य सधैं अमर रहने भन्दै सबै पेशा व्यवसाय पूर्व हुने तर कला साहित्य पूर्व नहुने बताए ।
विद्यालयका प्रिन्सिपल पुरीले विद्यार्थीको विकासका निम्ति सबै किसिमको वातावरण तयार गर्दै लगेको भन्दै विद्यार्थीले पनि अध्ययनको साथ साथै आ–आफ्नो रुचिअनुसारका क्रियाकलापमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । खुला रुपमा विद्यार्थीहरुबीच गरिएको प्रतियोगितामा विभिन्न शीर्षकमा कविता वाचन भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।