विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भानु जयन्ती मनायो

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनमा तथा विनेसाम प्रदेश १, लुम्बिनी प्रदेश ५, बाँके जिल्ला र काठमाडौं जिल्ला शाखाहरूको सहआयोजनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा “सिर्जना र भानु विमर्श” कार्यक्रम भर्चुअल माध्यमबाट असार २८ गते सम्पन्न भयो ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश कार्यसमिति घोषणा र नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को नयाँ कृति नीतिकथा सङ्ग्रहको आवरण पनि सार्वजनिक गरियो । अध्यक्ष कल्पना पौडेलको सभापतित्व र प्रमुख अतिथि प्रा डा ब्रतराज आचार्यको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा विशिष्ट ५० भन्दा बढी साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू र २५ जना भन्दा धेरै साहित्यकारहरूले रचनावाचन गरेर स्मरण गर्नुभएको थियो। प्रमुख अतिथि डा. आचार्यले कल्पना पौडेल जिज्ञासुको चौथो कृति ‘कल्पदीप’ नीति कथासङ्ग्रहको आवरण सार्वजनिक गर्नुभएको थियो ।
नेपाल शाखा अध्यक्ष पौडेल जिज्ञासुले विनेसाम सुदुरपश्चिम शाखा समिति घोषणा गर्नुभएको थियो। घोषणापछि नवगठित समितिका अध्यक्ष बाबुराम आचार्यले आफ्ना भनाइ राख्नु भएको थियो |
