नयाँ दिल्ली / 10 जुलाई, 2022 का दिन हाम्रो स्वाभिमान ट्रष्टले 208 औं भानु जयन्तीको शुभ अवसरमा पूर्व आयोजित साहित्यिक कार्यक्रममा राष्ट्रीय नेपाली साहित्य पुरस्कार-2022 का लागि चयनित सष्ट्राको नाम घोषणा गर्नुका साथै साथै सोअवसरमा आयोजित कविता वाचन प्रतियोगिता विजेता हरूलाई पुरस्कृत गर्यो।
कार्यक्रममा भाषा संग्रामी उत्तम छेत्री, भाषाविद् विष्णु गुरूङ, साहित्यकार धर्मराज थापा, कवि टाशी शेर्पा, कवि हर्कबहादुर लामगादे ‘रोहित’ एवं कवि युवराज भट्टराई अतिथिको रूपमा उपस्थित रहे।
ट्रस्टाक कार्यकारी अध्यक्ष शिवलाल ज्ञवालीको संयोजनमा कविता वाचन प्रतियोगितामा 28 विद्यार्थीले भाग लिएका थिए भने विजेतालाई प्रशस्ति-पत्र, स्मृति चिन्ह एवं सम्मान राशि दिएर सम्मान गरिएको थियो।
ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठले स्वागत भाषण गर्नुभयो भने उत्तम क्षेत्री एवं विष्णु गुरूङले आफ्नो उद्बोधनमा आफ्नो नेपाली भाषालाई सम्मान गर्ने एवं साहित्यप्रति हुने कर्तव्यको बोध गराउनुभयो। कार्यक्रमको थालनी नेपाली रामायण पाठका साथ गरियो भयो भने लोक नृत्य र एकल गीतहरूको प्रस्तुतिले नेपाली संस्कृतिको झलक प्रस्तुत गरिएको थियो।
ट्रस्टका सेट्लर ट्रस्टी प्रेम क्षेत्रीले राष्ट्रिय पुरस्कार-2022 का चयनित सष्टाहरूको नाम सार्वजनिक गर्नुभयो ।
राष्ट्रिय पुरस्कार मा सर्वोच्च पुरस्कार नेपाली साहित्य सम्मानमा दार्जीलिङका डा. गोकुल सिन्हालाई दिइने घोषणा गरियो भने नेपाली साहित्य पुरस्कार-पद्यका लागि असमका युद्धवीर राणा, नेपाली साहित्य पुरस्कार-गद्य का लागि मणिपुर राज्यकी डा गोमा देवी शर्मा र नेपाली साहित्य पुरस्कार-पत्रकारिताका लागि सिलगढ़ीका शिबु क्षेत्री चयनित हुनुभयो ।
चयनित स्रष्टाहरूलाई 30 अगस्ट, 2022 मा नयाँ दिल्लीको तालकटोरा स्टेडियमा हुने हरितालिका तीज महोत्सव2022 को भव्य कार्यक्रममा सम्मानित गर्ने जानकारी प्रेम क्षेत्रीले दिनुभयो। क्षेत्रीले पुरस्कार विजेताहरूको चयन पाँच सदस्यीय निर्णायक मण्डलीको अथक प्रयासले सुसम्पन्न भएको जानकारी दिनुभयो ।
कविता प्रतियोगिता दुई चरणमा भएको थियो। प्रथम चरणमा 15 साल सम्मका प्रतिभागी थिए, जस्मा प्रथम पुरस्कार कृपा गजमेर हुनुभयो भने 15-25 वर्षका प्रतिभागीमा प्रथम पुरस्कार विजेता आरती हुनुभयो ।
ट्रस्टकी महासचिव श्रीमती अनिता क्षेत्रीले तालकटोरा स्टेडीयममा 30.08.2022 मा हुने हरितालिका तीज महोत्सव-2022 कार्यक्रमका लागि राष्ट्रिय संयोजिका श्रीमती नवमी खाती एवं मीडिया प्रभारीको रूपमा दया प्रकाश र अन्य समिति सदस्यलाई जिम्मेवारी दिएको घोषणा गर्नुभयो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।