मकवानपुरको सक्रिय साहित्यिक संस्था झरना साहित्यिक परिवारको २७९ औँ साहित्य शृंखला लोक छन्द कार्यशाला सञ्चालन गरेको छ ।
बकैया गाउपालिकाभित्र रहेका विभिन्न विद्यालयका ६० जनाभन्दा बढी बालबालिकाहरुलाई लोक छन्द लेखनको प्रशिक्षण दिइएको हो ।
प्रशिक्षकका रुपमा झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वनाथ सञ्जेल रहनुभएको थियो ।
बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा उहाँले बकैया गाउँपालिकाले कला, साहित्य र संस्कृतिको संरक्षणमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँलाई “झरना-बकैया वाङ्मय प्रतिष्ठान” लाई पालिकाकै अङ्गका रुपमा विकास गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष उद्धव सापकोटा, झरनाका सल्लाहकार जनार्दन खनाल, सीता खनाल, कृष्णप्रसाद घिमिरे, चिरञ्जीवी लामिछाने, कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दाहाल, हरिप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष दीपक गौतमले गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, विशिष्ट अतिथिहरू संस्थापक अध्यक्ष तथा सल्लाहकार रमेशमोहन अधिकारी, सल्लाहकार उद्धवप्रसाद सापकोटा, जनार्दन खनाल, त्यस्तै अतिथिहरूमा सीता खनाल, कृष्णप्रसाद घिमिरेसँगै विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, मसान उपासक, कृष्ण घतानी, अमृता लामिछाने, स्वस्तिका दहालको पनि उपस्थिति थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।