संसारभर छरिएका साहित्यकारहरूको संगठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यसमितिको निर्वाचनमा साहित्यकार गोवर्द्धन पूजा अध्यक्ष विजयी हुनु भएको छ । उहाँले ८०३ मत प्राप्त गर्नु भएको छ । अमेरिकामा रहनु भएका पूजा प्रख्यात पत्रकार तथा कविका रूपमा चिनिनु हुन्छ ।

अघिल्लो पटक उहाँ वरिष्ठ उपाध्यक्षको कार्यकाल सफलतापूर्वक पूरा गर्नु भएको थियो । उहाँका प्रतिद्वन्द्वि बेलायतबाट सुनील संगम हुनुहुन्थ्यो । उहाँले ३०० मत प्राप्त गर्नुभयो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाट सर्वज्ञ वाग्ले विजेता हुनुभएको छ । उहाँले ५४० मत प्राप्त गर्नुभयो । उहाँ उपन्यासकारका रूपमा परिचित हुनुहुन्छ । जूवा साहित्यमा कलम चलाउनु हुने वाग्लेका चार उपन्यास र एक कविता सङ्ग्रह प्रकाशित छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वि अमेरिकाबाट नै लालगोपाल सुवेदी हुनुहुन्थ्यो । उहाँले निर्वाचनमा निकै कडा प्रतिस्पर्धा गर्नु भएको थियो । जम्मा पाँच मतका कारण उहाँ रनरअपमा सीमित हुनुभयो । ५३६ मत उहाँको भागमा परेको थियो ।

यसैगरी क्षेत्रीय उपाध्यक्ष नेपालबाट डा. रेणुका सोलु निर्वाचित हुनुभयो । उहाँले ५८७ मत प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वि नेपालबाट नै शशी थापा हुनुहुन्थ्यो । उहाँले ४७१ मत प्राप्त गर्नुभयो ।

महासचिवमा विमला निरौला ४६० मत ल्याएर महासचिव निर्वाचित हुनुभएको छ । उहाँका दुई जना प्रतिद्वन्द्वि अमेरिकाबाट कृष्णकुमार गिरी र पोर्चुगलबाट स्पदन विनोद हुनुहुन्थ्यो । उहाँहरूले क्रमशः ३३९ र ३०४ मत प्राप्त गर्नुभएको थियो ।

यस पटक अफ्रिका क्षेत्रबाट कुनै पनि उम्मेद्वारी नपरेपछि सो पद खाली हुने भएको छ ।

यस्तै अमेरिकाबाट क्षेत्रीय उपाध्यक्षका रूपमा राजेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको थियो । निर्विरोध निर्वाचित हुनेहरूमा डेनमार्कबाट युरोपेली क्षेत्री उपाध्यक्षमा सीतादेवी बाँस्तोला बराल र ओसिनिया क्षेत्रको लागि अस्ट्रेलियाबाट महेश्वर शर्मा पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

निर्विरोध हुनेहरूमा सचिवमा जापानबाट दीप पाठक, अमेरिकाबाट कोषाध्यक्षमा निजानन्द मल्ल, सदस्यतर्फ नेपालबाट सरिता अर्याल, अमेरिकाबाट सुदीपभद्र खनाल, जापानबाट सुमित गिरी, अमेरिकाबाट तारा अधिकारी र पोर्चुगलबाट यादव देवकोटा हुनुहुन्छ ।

सम्पूर्णमा साहित्यपोस्ट परिवार बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

13_INLS Election Result 07_10_2022