साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ढकाल र सुवेदीलाई नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार

Chovar Blues Mobile Size

डा नरेन्द्र चापागाई स्मृति साहित्य पुरस्कार २०७८ बाट कवि तथा समालोचक डा विप्लव ढकाल र डा नरेन्द्र चापागाई स्मृति युवा प्रतिभा पुरस्कार २०७८ बाट कवि रेखा सुवेदी सम्मानित हुनुभएको छ ।

शनिबार बेलबारीस्थित नगरपालिकाको सभाहलमा आयोजना भएको पुरस्कार समर्पण तथा कवि गोष्ठीका बीच उक्त पुरस्कार प्रदान गरिएको थियो ।

कवि तथा समालोचक डा. विप्लव ढकाल नगद २१ हजार र कवि रेखा सुवेदी ११ हजार १ सय ११ नगदसहित सम्मानित हुनुभएको हो ।

कार्यक्रममा प्राडा टंकप्रसाद न्यौपाने, प्राडा बद्रीविशाल पोखरेल, प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल लगायत साहित्यकारहरुको सहभागिता रहेको थियो । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई, उक्त पुरस्कारकी संरक्षक सरला चापागाई लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो ।

डा नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान विराटनगरको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

sagarmani mobile size

निर्जन बन्दरगाह, कालो मध्यान्तर, प्रोफेसर शर्माको डायरी र च्याउको जंगल डा विप्लव ढकालका बहुचर्चित कविता संग्रह मानिन्छन् ।

प्रतिक्रिया
Loading...