साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्युठानमा साहित्यिक महोत्सव हुँदै

Chovar Blues Mobile Size

काठमाडौँ / आगामी कात्तिक ५ देखि ७ गतेसम्म प्युठान साहित्यिक महोत्सव हुने भएको छ ।

प्युठानबाट काठमाडौँ आई साहित्य तथा लेखन क्षेत्रमा योगदान पुर्याइरहेका साहित्यकारको २०७९ असार २३ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको बैठक कक्षमा भएको भेलामा सो निर्णय लिइएको हो ।

भेलाले प्युठानको साहित्यिक गतिविधिलाई मूर्त रूप दिन प्युठानको स्वर्गद्वारीमा कात्तिक ५ देखि ७ गतेसम्म हुने साहित्यिक महोत्सवमा काठमाडौँबाट ४० जना साहित्यकारलाई अतिथिको रूपमा लैजाने निर्णय गरेको छ ।

भेलामा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको आतिथ्य रहेको थियो । सो अवसरमा उहाँले नेपालको साहित्यिक इतिहासमा प्युठानी कला र साहित्यको विशेष योगदान रहेको बताउनुभएको थियो ।

उहाँले ‘प्युठान जिल्लाको राजनीतिक रूपमा मात्र होइन, त्यहाँको भाषा, संस्कृति, पर्यटन, कला, साहित्य आदिबाट पनि विशष पहिचान’ बनेको बताउनुभयो ।

sagarmani mobile size

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद्का सदस्य डा. गोपिन्द्र पौडेलको संयोजनमा भएको सो भेलालाई कलाकार तथा नाट्यकर्मी हरिहर शर्मा, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंह, बाल साहित्यकार विजयराज आचार्य, कलाकार भावेश भुमरी, लेखक विमल पोख्रेल, कवि आविष्कार कला, साहित्यकार झपिन्द्रराज वैद्य, कवि रिमा केसी, साहित्यकार मुकुन्दराज शर्मा, झिम्रुक गाउँपालिकाका उपाध्यक्ष प्रमोख पोखरेल तथा सोही गाउँपालिकाका पूर्व अध्यक्ष तिलक केसीले सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै, प्युठानका विभिन्न गाउँपालिकामा साहित्यिक कार्यक्रम, भवन निर्माणलगायतका निर्णय पनि गरिएको छ ।

प्युठानबाट काठमाडौँ आई साहित्य तथा लेखन क्षेत्रमा योगदान पुर्याउँदै आएकाहरूको सङ्गठनलाई व्यवस्थित गर्न भेलाले साहित्यिक परिषद् प्युठान–काठमाडौं सम्पर्क मञ्चको समेत गठन गरिएको छ ।

समीर सिंहको संयोजकत्वमा गठन भएको सो समितिको अन्य सदस्यहरूमा विजयराज आचार्य, भावेस भुमरी, रिमा केसी र आविष्कार कला रहनुभएको छ ।

प्रतिक्रिया
Loading...