युवा वर्ष मोती पुरस्कारका लागि खोजी हुँदै युवा साहित्यकार

राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्ने युवा वर्ष मोती पुरस्कारका लागि युवा सर्जकहरूका विवरण माग गरेको छ ।
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको पुण्यस्मृतिमा स्थापित युवा वर्ष मोती पुरस्कार नेपाली साहित्य सिर्जनामा संलग्न रही पुस्तक प्रकाशन गरेको, नेपाली साहित्यका माध्यमबाट राष्ट्रियताको सम्वर्द्धन तथा समाजिक चरित्र निर्माणमा योगदान पुर्याइरहेको, नेपाली भाषा साहित्यको उत्थान र साहित्यकारहरूको सम्मान गर्ने कार्यमा संलग्न रहँदै आएको, कम्तीमा १६ वर्ष र बढीमा ४० ननाघेकोलाई प्रदान गर्ने गरिन्छ ।
त्यस्ता व्यक्तिलाई कोषले नामाङ्कन गर्न सर्वसाधारणलाई अपिलसमेत गरेको छ ।
युवा साहित्यकारहरूको विवरण पठाएर सहयोग गर्न र राष्ट्रिय युवा सेवा कोषको थापाथली, प्रसूतिगृह मार्गस्थित मोतीभवनमा जानकारी दिनसमेत आग्रह गरिएको छ ।
जानकारी ९८४१४९१०८१/९८४१२३११०१ मोबाइलमार्फतसमेत दिन सकिने जनाइएको छ ।
