साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रेजेन्टर्स एसोसियसन अफ नेपाल संस्थाको घोषणा

Chovar Blues Mobile Size

प्रेजेन्टर्स एसोसियसन अफ नेपाल संस्थाको घोषणा गरिएको छ । आइतबार काठमाडौँस्थित साँस्कृतिक संस्थानमा पत्रकार सम्मेलन आयोजना गर्दै सो संस्थाको औपचारिक घोषणा गरिएको हो ।

टेलिभिजन, रेडियो तथा स्टेजमा कार्यरत सञ्चारकर्मीहरू समेटेर विवेक उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित गठन गरिएको हो । मल्भिका सुब्बा वरिष्ठ उपाध्यक्ष रहेको सो एसोसियसनको पत्रकार सम्मेलनमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई मानार्थ सदस्यको उपाधि प्रदान गरिएको थियो ।

सो एसोसिएसनमा वरिष्ठ सञ्चारकर्मीं रमा सिंह, माइकल चन्द र कोमल वलीलाई संरक्षकको रुपमा मनोनयन गरिएको छ । यस्तै सञ्चारकर्मी भूषण दाहाल, प्रभात रिमाल, हरिशरण लामिछानेलाई मानार्थ सदस्यका रुपमा मनोनयन गरिएको छ । पत्रकार सम्मलेनमा बोल्दै उप प्रमुख डंगोलले आगामी दिनहरूमा महानगरपालिका तथा एसोसिएसनका बीच रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रेजेन्टर्स एसोसियसन अफ नेपाल संस्थाको कार्यसमितिको उपाध्यक्षमा विवेक सिंह ठकुरी , महासचिबमा जि.पी तिमलसेना र कोषाध्यक्षमा निर्णय श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा भने सुगरिका के.सी, बिना श्रेष्ठ, उरुषा जोशी, अमन प्रताप अधिकारी, खुस्बु प्रधान र सु्वेक्षा खड्का चयनित रहनु भएको छ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...