साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पाँचौँ खुल्ला मुक्तक प्रतियोगिताको तयारी, प्रथम पुरस्कार २० हजार

Chovar Blues Mobile Size

 

लमजुङ / लमजुङमा पाँचौं खुल्ला मुक्तक प्रतियोगिताको तयारी गरिएको छ ।

उक्त प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपालीभाषीहरूले भाग लिन सक्ने बताइएको छ ।

प्रतियोगिताको पुरस्कार वितरण कार्य अन्तरङ्गको ३०औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका साथ आउँदो भदौ २५ गते गरिने भएको छ ।

मुक्तक 5muktak56@gmail.com ठेगानामा पठाउन सकिने छ ।

उक्त प्रतियोगिताका लागि पाँच वटा मुक्तक साउन ५ गते भित्र आयोजक समितिलाई प्राप्त भइसक्नु पर्ने आयोजक संस्थाले जनाएको छ ।

sagarmani mobile size

प्रतियोगितामा पठाउने पाँच मुक्तक मध्ये राष्ट्रप्रेम, विकृति विसंगति विरुद्ध र शृंगारिक गरी तीन वटा शीर्षक तोकिएको छ भने दुईवटा खुल्ला लेख्न सकिने आयोजकको भनाइ छ ।

यस्तो नीति प्रतियोगिताको शुरु पहिलो शृंखलादेखिकै हो । प्रतियोगिताको अन्य सर्तमा मुक्तक चतुष्पदीय ढाँचामा लेखिएको हुनुपर्छ भनिएको छ ।

त्यस्तै, प्रतियोगितामा प्राप्त हुने मुक्तकहरूको संग्रह ‘अनुपम– ३’ प्रकाशन गरिने हुँदा सहभागीहरूले आफ्नो जीवन वृत्तचित्रका साथ फोटो समेत कोड नंबर राख्न मिल्ने गरी प्रतियोगी– मुक्तकहरू पठाउनु पर्ने सर्तमा उल्लेख छ । उक्त संयुक्त मुक्तक संग्रह अर्थात ‘अनुपम– ३’ को पुरस्कार वितरण समारोहमा विमोचन गरिने आयोजकको भनाइ छ ।

पुरस्कारको हकमा भने यस वर्ष वृद्धि गरिएको छ । पहिलो, दोस्रो, तेस्रा र सान्त्वना स्थान हासिल गर्ने २ जनालाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५/५ हजार नगदका साथमा विशेष उपहार र प्रमाणपत्र प्रदान गरिनेछ ।

बाँकी ७ जनालाई पनि विशेष उपहारका साथमा प्रमाणपत्र प्रदान गरिने छ । यसअघि पहिलो पुरस्कार १५ हजार रुपैयाँ थियो ।

यो वर्षको मूल्यांकनमा विगत भन्दा फरक तरिका अपनाइने भएको छ । विगतका प्रतियोगिताको अनुभवका आधारमा नतिजालाई थप चुस्त, निष्पक्ष र प्रभावकारी बनाउने उद्देश्यले मूल्यांकन पद्धति परिमार्जन गरिएको प्रतियोगिताका सहसंयोजक एवम् लमजुङ रत्नका प्रकाशक सुधा ढकाल पहाडीले बताउनुभयो ।

उहाँका अनुसार प्राप्त मुक्तकहरूको मूल्यांकन दुई चरणमा गरिने छ । पहिलो चरणमा प्राप्त मुक्तकमध्येबाट उत्कृष्ट २५ को छनौट गरिने छ । दोस्रो चरणमा सर्वोत्कृष्ट १२ को छनौट गरिने छ र ती मुक्तकका रचनाकारहरूलाई पुरस्कार वितरण समारोहमा निम्त्याई वाचनका लागि मौका दिइने छ ।

हरेक २/२ वर्षमा आयोजना गरिने भएको उक्त खुल्ला मुक्तक प्रतियोगिता विगतका वर्षमा कोरोनाका कारणले सञ्चालन गर्न नसकिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया
Loading...