साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘निर्मोही’को `भावनाको संगालो´ विमोचित

Chovar Blues Mobile Size

काठमाडौं, असार १८ / स्वर्गीय शंकर पाठक ‘निर्मोही’ को कविता संग्रह `भावनाको संगालो´ विमोचित भएको छ । राजधानीमा शनिबार आयोजित एक समारोहका बीच निर्मोहीको कविता संग्रहको विमोचन गरिएको हो ।

विमोचन सभाको सभापतित्व प्राध्यापक रामकुमार पाँडेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार तुलसी दिवस रहनुभएको थियो ।

सभामा बोल्दै समीक्षक डा. मित्रवन्धु पौडेलले कृतिभित्र १७३ वटा रचनाहरू रहेको र जसमा गीत, गजल तथा कविताहरू रहेको बताउनुभयो । जसमा आ-आफ्नै मौलिकता भेटिने बताउँदै हिमाल, पहाड र तराईको समावेशी स्वरूपले पाठकलाई पुस्तकभित्रको रसास्वादन अनुभूति हुने पौडेलले बताउनुभयो । लेखकका पुस्तकमा २०५७ सालदेखि २०६० सालसम्ममा रचनाहरू समावेश गरिएका छन् । जुन रचनाहरू विभिन्न माध्यमबाट कतिपय पाठकहरूसमक्ष पुगिसकेका छन् भने, कतिपय पुस्तकमा नयाँ रचनाहरू समावेश गरिएको छ । जुन सरल तथा असाधारण कविताहरू कृतिमा समावेश गरिएको पौडेलले बताउनुभयो ।

त्यस्तै, अर्का समीक्षक प्रभा बरालले कवितामा विभिन्न ठाउँको परिवेश तथा परिस्थितिलाई समावेश गरी कविताहरू लेखिएको बताउनुभयो । कविको कवित्वपन थाहा पाउन कृति पढ्नु पर्छ । कविताहरू सरल तथा सरस रहेको पनि बरालले बताउनुभयो ।

सभाका प्रमुख अतिथि तुलसी दिवसले कोभिडका कारण कृतिकारलाई गुमाउनु परेको खबर सुनेर उहाँको सम्मानका लागि उपस्थित भएको बताउँदै उहाँले जीवनमा केही नयाँ कुराहरू गर्ने सोचमा हुनुहुन्छ भने, गरिहाल्न पनि पाठहरूलाई अनुरोध गर्नुभयो ।

sagarmani mobile size

सभाका प्रमुख अतिथि प्राध्यापक रामकुमार पाँडेले कृतिले कविलाई जीवन्त बनाएको र पहिचान दिलाएको बताउँदै कृति प्रकाशनमा भूमिका निर्वाह गर्नेहरूलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा कविकी धर्मपत्नी सावित्रा पाठकलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। शान्ति सापकोटाले कवि निर्मोहीका कविता वाचन गर्नुभएको थियो।

उक्त कृतिलाई बजारमा एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौंको प्रकाशन संस्था आध्यात्मिक पत्रिका ‘कवच’ ले बजारमा ल्याएको हो । संग्रहको सम्पादन शिरोमणि दवाडीले र रचना संकलन शिव प्रसाद पाठकले गर्नु भएको हो ।

प्रतिक्रिया
Loading...