असार १६ गते विश्व नेपाली साहित्य महासंघ काठमाडौँ शाखाले प्रथम कार्य योजना निर्माण बैठक एवं विशेष रचना वाचन सम्पन्न गरेको छ ।

विश्व नेपाली साहित्य महासंघ काठमाडौँ शाखा अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँको कविता सङ्ग्रह ‘हामी आयामका भुईंमान्छेहरू’को परिचर्चा एवं समीक्षा गरियो ।

समीक्षक मञ्जु पन्तले परदेशीका कवितामा देश बोलेको विकृति र विसंगति प्रतिको प्रहार रहेको बताउँदै कविता अब्बल रहेको जनाउनुभयो ।

प्रमुख अतिथि परदेशीले काठमाडौँ राजधानीको रहेको बताउँदै यस समितिले खास सक्रियता देखाउने आशा लागेको छ भन्नुभयो । सक्रियताका लागि काठमाडौँ शाखालाई शुभकामनासमेत व्यक्त गर्नुभयो ।

विनेसाम नेपाल शाखा सल्लाहकार मणिराज सिंहले काठमाडौँले पहिलो पटक केन्द्रीय अध्यक्षको उपस्थितिमा कार्यक्रम गर्न सकेकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले नेपाली साहित्यको विकासमा शाखाले क्रियाशील भई कार्य गर्ने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

यस अवसरमा वाग्मती प्रदेश अध्यक्ष तोयानाथ सुवेदीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उत्तम भेटवालको स्वागत र चुडा निर्भिकको कुशल उद्घोषणबाट शुरु भएको
विशेष काव्य गोष्ठीमा साहित्यकारहरू क्रमशः रेणु घिमिरे, सीता सुवेदी, सुधा मिश्र, सुरेश घिमिरे, उत्तम भेटवाल, चुडा निर्भिक सीता घिमिरे, माधव विडारी, मञ्जु पन्त, तोयानाथ सुवेदी, मणिराज सिंहले आ-आफ्ना रचना वाचन गर्नुभयो ।