
साहित्य सदन नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको हृदयचन्द्रसिंह प्रधान स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार आउँदो शनिबार प्रदान गर्ने भएको छ ।
कोभिड १९ का कारण दुई वर्ष रोकिएका यी दुई सम्मान तथा पुरस्कार एकै पटक प्रदान गरिने भएको छ ।
२०७७ सालको हृदयचन्द्र स्मृति सम्मानबाट समालोचक प्रा.डा. ताराकान्त पाण्डेयलाई सम्मान गरिने भएको हो । त्यस्तै २०७८ सालको सो सम्मान नियात्राकार विष्णु शर्मा पराजुलीलाई दिइँदैछ । उक्त पुरस्कारको राशि जनही २५ हजार रहेको छ ।
यसैगरी २०७८ सालको गोपालप्रसाद रिमाल पुरस्कार कवि बासुदेव अधिकारीलाई प्रदान गरिने भएको छ । यस्तै २०७९ को सो पुरस्कार समालोचक डा. गीता त्रिपाठीलाई पुरस्कृत गरिने सदनका कार्यवाहक अध्यक्ष प्रा डा हेमनाथ पौडेलले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि जनही २० हजार रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
