साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सुनील सङ्गमको पनि अनेसासको केन्द्रीय अध्यक्षमा दाबी

Chovar Blues Mobile Size

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी जुलाई ९ र १० तारिख सम्पन्न हुन गइरहेको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि साहित्यकार सुनील सङ्गमले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिनु भएको छ ।

हाल अनेसासको केन्द्रीय उपाध्यक्ष रहनु भएका सङ्गमका ४ वटा कृति र फुटकर कथा, कविता, गीत, गजल, मुक्तक तथा लेखहरू प्रकाशित छन् ।

लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा इजरायल हुँदै युरोपमा बसोबास गरिरहनु भएका सङ्गम अनेसास इजरायलका संस्थापक पनि हुनुहुन्छ । सङ्गम अनेसास इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्षसमेत रहिसक्नु भएको छ ।

सुनिल सङ्गमको वास्तविक नाम सुनिल कृष्ण श्रेष्ठ हो । २०३३ सालमा सिन्धुलीमा जन्मनु भएको उहाँ २०१८ यता अनेसास केन्द्रीय कार्यसमितिको उपाध्यक्ष हुनुहुन्छ । यस्तै २०१२ देखि २०१८ सम्म अनेसास पोर्चुगल च्याप्टर र अनेसास इजरायलको २००८ देखि २०१० सम्म अध्यक्ष हुनुहुन्थ्यो ।

यस्तै उहाँ एनआरएनए पोर्चुगलका २०१५ देखि २०१७ सम्म उपाध्यक्ष रहिसक्नु भएको छ ।

sagarmani mobile size

उहाँका “थोपा-थोपा” गीतिसंग्रह-२०६६, “लाभेन्दरका परागहरू” संयुक्त साहित्यसंग्रह-२०७६, “याद” गीति एल्बम २०५६, “इच्छा” गीति एल्बम २०५७ र फुटकर कथा, कविता, गीत, गजल, मुक्तक तथा लेखहरू प्रकाशित छन् ।

रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलन-२०५७ मा शब्द रचनातर्फ दोस्रो स्थान प्राप्त गर्नु भएको थियो ।

अनेसासको अध्यक्षमा उम्मेद्वारी दिँदै उहाँले निम्नलिखित प्रतिबद्धतासमेत जनाउनु भएको छः

१) आजीवन सदस्यहरूको व्यवस्थित रूपमा पंजीकृत गरी अनिवार्य प्रमाण-पत्र, परिचय पत्र र ब्याचको व्यवस्था गरिने छ।
२) अनेसासको वेबसाइटलाई व्यवस्थित र स्तरीयतामा ध्यान पु-याई अनेसास‌का गतिविधिहरू निरन्तर अपडेट गरिने छ । साथै साहित्यिक पत्रिकाहरू अन्तर्दृष्टि र अनेसास दर्पण (अनलाइन)को नियमित स्तरीय प्रकाशन गरिनेछ।
३) हरेक च्याप्टरमा बालबालिकाको निम्ति नेपाली भाषा पठन पाठनको व्यवस्था मिलाइने र अनेसास बाल पाठ्यक्रम तयार गरिनेछ ।
४) नेपाली भाषा साहित्यको विकासको निम्ति विधागत रुपमा विश्वव्यापी प्रतियोगिताहरू गरिनेछ ।
५) अनेसास पुरस्कारका लागि छुट्टै अक्षय कोषको स्थापना गरिनेछ।
६) च्याप्टरको अधिवेशनपश्चात निर्वाचित कार्यसमितिका सदस्यहरूलाई केन्द्रद्वारा प्रमाणपत्रको व्यवस्था गरिनेछ ।
७) च्याप्टर‌हरूको विधान र अधिवेशनको समयलाई न्यूनतम एकरूपता ल्याइनेछ ।
८) नेपाली भाषीहरूको बाक्लो उपस्थिति रहेको मुलुकहरूमा नयाँ च्याप्टर स्थापनाको पहल गरिनेछ ।
९) विधागत रुपमा कार्यशाला गोष्ठी एवम् प्रशिक्षण‌को व्यवस्था गरिनेछ साथै महिला तथा बालबालिकाको सहभागिताका लागि छुट्टै व्यवस्था गरिने छ।
१०) नेपाली भाषामा लेखिएका स्तरीय र चर्चित पुस्तकहरूलाई क्रमशः विभिन्न भाषामा अनुवाद गरी विश्व साहित्यिक बजारमा पु-याइने छ।
११) आजीवन सदस्यहरूद्वारा लिखित पुस्तकहरूको प्रकाशन, विमोचन र वितरण (च्याप्टरसम्म) को व्यवस्था गरिनेछ ।
१२) अग्रजहरूलाई उचित सम्मान र पुरस्कृत गर्दै नयाँलाई प्रोत्साहन गरिनेछ।
१३) अनेसास भवन निर्माण तथा खरिद सम्बन्धमा विशेष चासोका साथ बोर्ड अफ ट्रष्टीसँग समन्वयनकारी भूमिका खेली आवश्यक कदम चालिनेछ ।
१४) बोर्ड अफ ट्रष्टी र च्याप्टहरूसँग सधैँ समन्वय गरी कार्यक्रमहरू तय गरिने छ ।
१५) विगत‌का कार्यसमितिहरू‌ले गर्दै आइरहेका विभिन्न सभा-सम्मेलन, साहित्यिक उत्सव, कार्यक्रम र अन्य राम्रा कामहरूको निरन्तरता दिइनेछ ।

प्रतिक्रिया
Loading...