जीवन लामा
दोलखा / लेखक जगत खड्का दोलखालीको गजलसंग्रह एक समारोहका बीच विमोचन गरिएको छ ।

लेखक खड्काले परदेशमा रहेर पनि देशको शासन व्यवस्था, नेपाली समाज, राजनीति र समसामयिक विषयवस्तुलाई समेटिएर गजलसंग्रह कुहिरो प्रकाशन गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुस्तक आज काठमाडौमा विमोचन गर्नुभएको थियो ।

नेपाल गजल प्रतिष्ठानले प्रकाशन गरिएको उक्त पुस्तकमा विद्यार्थीकालदेखि हालसम्म भोग्दै, देख्दै आएका विषयहरुलाई पुस्तकमा समेटिएका छन् ।

पुस्तक विमोचन नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा डा. प्रदीप मैनाली, डा. घनश्याम परिश्रमी, भुवन निष्टेज र घनेन्द्र ओझाले पुस्तकको चर्चा गर्नुभएको थियो ।

पुस्तक विमोचनका साथै नेपाल गजल प्रतिष्ठानको संस्था परिचय पनि भएको थियो । लेखक खड्का दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ३ झ्याँकु निवासी हुनुहुन्छ । खड्का केही वर्षदेखि रोजगारीको शिलशिलामा रोमनियामा कार्यरत हुनुहुन्छ ।