
नेपाल प्रज्ञा‑प्रतिष्ठानद्वारा बिहीबार असार ९ मा आयोजित राष्ट्रिय कविता महोत्सव २०७९ मा टीका आत्रेय प्रथम हुनु भएको छ ।
सुनसरी निवासी उहाँको सङ्कल्प शीर्षकको कविता प्रथम भएको हो ।
यसैगरी धादिङका यात्री प्रकाश पाण्डेको आगोमा फुलेको देश कविता द्वितीय भएको छ ।
भक्तपुरकी सीता तुम्खेवाको चरिसो फूल, सुनसरीका किरन सिवाको बुवाको सिलाइ मेसिन र अछामका कमलराज केसीको सपना उम्रन्छ माटोमा शीर्षकका कविताहरू तृतीय घोषित भएको नेपाल प्रज्ञा‑प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
सो घोषणाअघि प्रतियोगितामा अन्तिम छनोटमा परेका कविहरूले आफ्ना कविता वाचन गर्नु भएको थियो । सो कार्यक्रमको फेसबुकमा प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

अषाढ ३१, बिहीवार १०:२१
राष्ट्रपतिद्वारा प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार अर्पण

साहित्यपोस्ट
भाद्र २९, शुक्रवार १६:०२