
काठमाडौँ / विश्व नेपाली साहित्य महासंघ नेपाल बागमती शाखाले डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट जनार्दन अधिकारी धडकनको अध्यक्षतामा काठमाडौं जिल्ला शाखा गठनको घोषणा गर्यो।
सो शाखाको उपाध्यक्षमा महेश राज खरेल, सचिवमा चुडा निर्भिक, सहसचिवमा सरस्वती पाण्डे सरस, कोषाध्यक्षमा रेणु घिमिरे र सदस्यहरूमा उत्तम भेटवाल, नरेन्द्र कुमार नगरकोटी, रमा वली, सुधा बास्कोटा ढकाल, सीता घिमिरे,सुस्मिता श्रेष्ठ, सबिता श्रेष्ठ बेहोसी,सुधा मिश्र झा, वर्षा बन्दना, सीता पाण्डे, शैलेन्द्र कुमार शाह, सुरेश चन्द्र घिमिरे, सविता खत्री,निशा धमला, सुजाता अर्याल र विनोद खत्री आकाश चुनिनु भएको प्रदेशका सचिव माधव बिडारीले जानकारी दिनुभयो।
काठमाडौँ जिल्ला समितिका सल्लाहकारहरूमा वरिष्ठ कवि शैलेन्द्र साकार, डा बेन्जु शर्मा, उन्नती बोहरा शिला, विश्वविमोहन श्रेष्ठ, भीष्म उप्रेती, बिना थिङ तामाङ, चन्द्र रानाहाँछ मनोनीत हुनु भएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि डा. परिश्रमीले काठमाडौँ जिल्ला कार्यसमितिलाई बधाइ दिँदै साहित्यको उन्नति र विस्तारमा राम्रो भूमिका खेल्न सकोस् भन्दै आफ्नो गजल वाचन समेत गर्नुभयो ।
विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले काठमाडौं जिल्ला समितिलाई बधाइ दिँदै खुशी व्यक्त गर्नुभयो।
त्यस्तै केन्द्रीय महासचिव सुनिता कङ्गदङ्वा राईले बागमती प्रदेशले छोटो अवधिमै काठमाडौं जिल्ला समिति गठन गर्न सकेकोमा बधाइ दिँदै नेपाल शाखाका अध्यक्षले यसमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
केन्द्रीय समितिले नेपाली साहित्यलाई अंग्रेजी, रसियन, बंगाली, हिन्दी भाषामा पुस्तकाकार रूपमा अनुवाद गरेर विश्वसमक्ष प्रस्तुत गरिसकेको र भविष्यमा अन्य भाषामा समेत प्रकाशित गर्दै जाने बताउनुभयो ।
नेपालका सल्लाहकार मणिराज सिंहले बागमती प्रदेश शाखालाई बधाइ दिँदै नयाँ कार्यसमितिका अध्यक्ष जनार्दन अधिकारी धड्कन र उहाँको टोलीले काठमाडौँमा नियमित र स्तरीय कार्यक्रम गर्दै विश्व नेपाली साहित्य महासंघलाई सफलतापूर्वक हाँक्ने कुरामा आशावादी भएको कुरा व्यक्त गर्नुभयो ।
अर्का सल्लाहकार ऋषिराम सापकोटाले काठमाडौं जिल्लाप्रति शुभकामना व्यक्त गर्दै सक्दो सहयोग गर्ने जनाउनुभयो।
बेलायतबाट विजय थेबेले समेत बधाइ ज्ञापन गर्नुभयो ।
काठमाडौं शाखाका नव निर्वाचित अध्यक्ष जनार्दन अधिकारी धड्कनले बागमती प्रदेश र नेपाल शाखाले विश्वास गरेर दिएको जिम्मेवारी सक्दो पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै केन्द्रको पनि निर्देशन र सहयोग पाइरहने कुरामा आशावादी रहेको बताउनुभयो।
नवनिर्वाचित सचिव चुडा निर्भीकले नेपाल शाखा र बागमती प्रदेशले देखाएको सदाशयतामा सक्दो खरो उत्रने प्रतिबधता जनाउनुभयो।
सो अवसरमा आयोजित सिर्जना सुन्ने सुनाउने कार्यक्रममा भर्चुअल माध्यमबाट सुनिता राई कङ्गदङ्वा, कल्पना पौडेल जिज्ञासु, ऋषिराम पौडेल, मणिराज सिंह, सीता बिष्ट कार्की, गंगा आचार्य सापकोटा, बिजय थेबे, पूर्णिमा प्रतिबिम्ब, माधव बिडारी, संगीता ठाकुर, जनार्दन अधिकारी धड्कन ,उत्तम भेटवाल, सुधा मिश्र झा, सुधा बास्कोटा ढकाल, रेणु घिमिरे,कृष्ण के सी, गंगाराम, द्वारिका कुइकेल, रश्मि रिमाल, वर्षा बन्दना, सीता पाण्डे, सीता घिमिरे, चुडा निर्भिक, सुरेश घिमिरे लगायतले कविता वाचन गरि कार्यक्रममा रोचकता थपे। अन्त्यमा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले धन्यवाद ज्ञापन गर्नु भयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

