साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दोस्रो केराबारी साहित्य उत्सव सम्पन्न

मोरङ / दोस्रो केराबारी साहित्य उत्सव २०७९ यही असार ४ र ५ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

४ गते विभिन्न तीन सेसन भएका थिए । जसमा सुन्दर पर्यटकीय स्थल जेफालेमा केराबारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम लिम्बुले ब्यानरको नारा वाचन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

bahulako diary small and inside post

पहिलो दिन केराबारीमा फुलेका फूलहरू सेसनअन्तर्गत गजलकारहरू अस्मिता भट्टराई, कविन तुम्बापो, नगेन्द्र सुवेदी, राजेश किराती लिम्बु, चबेगु राज सानु, नवीन थापा क्षेत्री लगायतले गजल तथा कविता वाचन गर्नु भएको थियो ।

दोस्रो दिन भने आमन्त्रित पाहुनाहरूका लागि छुट्ट्याइएको अक्करले नसुनेका गजल र ८ कविका ८ कविता सेसन प्रस्तुत गरिएका थिए । पहिलो सेनसन अक्करले नसुनेका गजलहरूमा लक्षमण कटुवाल, रोमु अधिकारी, जीबी गजल, प्रतिमा गुरूङ, हरि पराजुली, सुमन राई, विवश बलिभद्र कोइरालाले गजल वाचन गर्नु भएको थियो । सो सेसनको सहजीकरण गजलकार अस्मिता भट्टराईले गर्नुभएको थियो ।

त्यस्तै ८ कविका ८ कविताको सेसनलाई युवराज ठकुरीले प्रस्तुत गर्नु भएको थियो, जसमा दीपा मग्राती, एकराज थापा, विराट अनुपम, केजी सुब्बा, शकुन्तला मञ्जरी, भरत गुरागाईं र देवान किरातीले आफ्ना दमदार कविताहरू वाचन गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि केराबारी गा.पा.– २ का वडाअध्यक्ष प्रेमबहादुर लिम्बुले असारे झरीका बीच आफ्नो थलोमा उपस्थित जनाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

‘प्रतिकुल मौसममा पनि जटिल यात्रा गरेर यतिका साहित्य सर्जकहरु उपस्थित हुनुले जेफालेको गरिमा अझ बढेको महसुस गरेको छु । भौतिक विकास मात्र नभएर बौद्धिक विकासतर्फ पनि मेरो उत्तिकै प्राथमिकता रहनेछ, साहित्यिक कार्यक्रमले बौद्धिक व्यक्तित्व जन्माउँछ, आगामी वर्ष पनि बृहत् केराबारी साहित्य महोत्सव कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्थापन गर्न कुनै कसर बाँकी राख्ने छैन ।”

कार्यक्रममा केराबारी –२ का वडासचिव रन्जित बुढाथोकीले पनि आफ्ना धारणा राख्नु भएको थियो । सभाध्यक्ष भने कवि एवं केराबारी कला/विकास केन्द्रका अध्यक्ष नवीन थापा रहनु भएको थियो ।

प्रतिक्रिया
Loading...