साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चर्चित कलाकारहरू एकसाथ मञ्चमा

हिल्स होम थियटर एन्ड प्रोडक्शन प्राइभेट लिमिटेडले ‘हाम्रो कला, हाम्रो संस्कृति २०७९’ नामक कार्यक्रम आइतबार आयोजना गरेको छ।

लामो समयदेखि नेपाली कला जगतमा क्रियाशील नेपाली कलाकारको उपस्थिति तथा प्रस्तुति रहेको सो कार्यक्रम आइतबार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो।

bahulako diary small and inside post

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गायक मुरलीधर, गायक रामकृष्ण ढकाल, सत्य आचार्य, स्वरूप आचार्य, अर्जुन रसाइली, प्रितम आचार्य, लोकदोहोरी गायिका राधिका हमाल, गायिका एलिना चौहान, शैलेन्द्र सिम्खडा, कलाकार जोगिन्द्र (पानवाला) लगायतको उपस्थिति तथा प्रस्तुति थियो। कार्यक्रममा ५ वर्षको उमेरबाट नेपाली कलाकारिता क्षेत्रमा लागेर गीत गायन/लेखन, नृत्य, निर्देशन, नाटक तथा विभिन्न चलचित्रमा काम गरिसकेका हिल्स होमका प्रवन्ध निर्देशकसमेत रहेका कलाकार प्रभाकर देव शर्माले आफ्नो ५० वर्षीय कलाकारिता यात्राको बारेमा तयार पारिएको नाटक प्रस्तुत गरेका थिए। लामो समयपछि चर्चित कलाकारहरु एक साथ मञ्चमा उत्रिएका थिए।

कार्यक्रम उद्घोष सञ्चारकर्मी जि.पि. तिम्सिनाले गरेका थिए।

कार्यक्रम प्रभाकरदेव शर्माको कलाकारिता यात्रा ५० वर्ष पुगेको अवसरमा गरिएको थियो।

कार्यक्रमको प्रायोजन नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैँक. बेकिङ हब बेकरी र सेलपेले गरेका थिए भने सहप्रायोजन हिरोहोन्डा, जगशक्ति स्टिल र कञ्चनजंघा अगरबत्तीले गरेका थिए।

प्रतिक्रिया
Loading...