किरात एकेडेमी पुरस्कारका लागि पुस्तक छान्दै समिति
कोभिड १९ को विश्वव्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकूलको कृति अभावका कारण लामो समयदेखि स्थगित भएको ‘किरात एकेडेमी पुरस्कार’ वितरणका लागि एउटा सिफारिस समिति गठन गरिएको छ ।
किरात एकेडेमीका अनुसार हालै यसले नयाँ कार्य समितिसमेत पुनर्गठन गरेको छ ।

किरात एकेडेमीको अध्यक्षमा भूपाल राई, उपाध्यक्षमा डा. धनप्रसाद सुवेदी, महासचिवमा चेतनाथ धमला, सचिवमा प्रकाश राई र कोषाध्यक्षमा रुपकुमार राई रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानिया, मनिष पिएम र आशकुमार राई चयनित हुनु भएको छ ।
किरात एकेडेमी पुरस्कार यसअघि पहिलो पटक युग पाठक र दोस्रो पटक झलक सुवेदीलाई प्रदान गरिएको थियो । ५० हजार रूपैयाँ राशी रहेको यो पुरस्कार तेस्रो पटक प्रदान गर्न पन्ध्र दिनभित्र कृति तथा योग्य व्यक्ति छनोट गरिसक्ने गरी एक सिफारिस समितिसमेत गठन गरिएको छ ।
सिफारिस समितिको संयोजकमा भूपाल राई, सदस्यद्वयमा डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला रहनु भएको एकेडेमीले जनाएको छ ।