साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथालयका दुई बाल चित्रपुस्तक सार्वजनिक

दुई बालचित्रपुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” ०५ असार २०७९ सालमा हात्तीवन स्थित प्रिममियर इन्टरनेस्नल स्कुलमा सार्वजनिक भएको छ ।

“मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक बिमोचन गरेका छन् ।

bahulako diary small and inside post

मेरो प्यारो खेलौनामा लीला उनका प्यारा खेलौनाहरू लिएर घुम्न जान्छन् । बाहिर पुगेपछि ती सबै खेलौना जीवित हुन्छन् । आफ्ना खेलौनासँग बालबालिकको सम्बन्ध, माया र कल्पना शक्तिलाई चित्रपुस्तकमा समावेश गरिएको छ । यस पुस्तकको लेखिका र चित्रकार इभोन भोन उल हुन् । यो पुस्तक विशेषगरी ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी प्रकाशन गरिएको हो ।

पुस्तक सधैं समीप एक बालकको कथा हो । आफ्नी हजुरआमालाई धेरै सम्झिरहने बालकको कथामा पुस्तक केन्द्रित छ । जुनै ठाउँमा गए पनि आफ्नी हजुरआमाको याद गरिरहने बालकको मनोविज्ञान पुस्तकले रोचक ढंगले प्रस्तुत गरेको छ ।

यो एउटा यस्तो कथा हो, जुन समवेदना र सरलताका कारण मार्मिक छ । यस चित्रपुस्तकले भौतिक रुपमा हराएको मानिसको स्नेह, ध्यान र उपस्थितिलाई आफ्नो वरिपरिका वस्तुहरुमा खोज्न र महसुस गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको छ ।

चित्रपुस्तक ९ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुनेछ ।

यस चित्रपुस्तकका लेखक तथा चित्रकार नेदरल्यान्ड्सका मार्क योन्सन हुन् । उनले ५०० भन्दा धेरै पुस्तकका चित्र तयार गरिसकेका छन् भने यो उनको लेखन र चित्राङ्कन गरेको दशौँ चित्रपुस्तक हो । यो पुस्तक उनले विगत दुई पटकको नेपाल भ्रमणपश्चात नेपालको परिवेश र पात्र लिएर तयार पारेका हुन् । यो पुस्तक हालसम्म ३ फरक भाषामा प्रकाशन भैसकेको छ ।

यसभन्दा अगाडि उनका दुई चित्रपुस्तक कथालयबाट नै प्रकाशित भइसकेको छ ।

लेमिनिस्केट मूल प्रकाशक रहेको दुवै पुस्तकको नेपाली भाषामा अनुवाद कथालयका राजीवधर जोशीले गर्नु भएको हो ।

प्रतिक्रिया
Loading...