काठमाडौँ / शान्ति शर्माको कवितासंग्रह ‘सपनाको समाधि’ सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लगायतले सो कवितासंग्रह सार्वजनिक गर्नुभयो ।
कविताकृतिमाथि टिप्पणी गर्दै कवि मोमिलाले शान्तिका कविताका विषय र शिल्प बेजोड रहेको बताउनुभयो। समालोचक डा. देवी नेपालले शान्तिले छोटो समयमै उत्कृष्ट सिर्जना गरेर उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो ।
साझा प्रकाशनका महाप्रबन्धक कवि प्रह्लाद पोखरेलले शान्तिका कवितामा जीवन, जगत र प्रकृतिको सुन्दर र कलात्मक संयोजन भएको बताउनुभयो ।
कुलपति गंगाप्रसाद उप्रेतीले शान्तिको सिर्जनाकला प्रशंसायोग्य रहेको उल्लेख गर्दै अझ सुन्दर र सशक्त सिर्जनाका लागि शुभकामना दिनुभयो ।
कवि शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर कविता रचना गरिएको बताउनुभयो। कवितासंग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयवस्तुहरूलाई उठान गरिएको छ ।
साझा प्रकाशनले प्रकाशन यस कवितासंग्रहमा ४७ वटा कविता समेटिएका छन् । कार्यक्रममा ‘नसोधिदेऊ बिन्ती’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । भिडियोमा शान्ति स्वयंले पनि अभिनय गर्नुभएको छ ।
[embedyt] https://www.youtube.com/watch?v=Fi2Uq1m4J3E[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।