साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लाहुरे माइला सार्वजनिक

काठमाडौँ / मकालु–१, वालुङ, संखुवासभामा जन्मिएका गायक तथा संगीतकार निकेश राई नेपाली गीत संगीतमा परिचित नाम हो ।

उनले हालसम्म तीन यसको हाराहारीमा संगीत भरिसकेका छन् भने सय जति गीतमा स्वर दिइसकेका छन् ।

bahulako diary small and inside post

हालै उनको नयाँ गीत अशोक मुकारुङ र सुनीता संयोगको युगल आवाजमा सजिएको ‘लाहुरे माइला’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा सङ्गीत निकेश राईको रहेको छ । ‘लाहुरे माइला’ पूर्वेली लोकलयमा आधारित गीत हो ।

गीतको भिडियो अफिसियल युट्युब च्यानल निकेश राईमार्फत् सार्वजनिक भएको छ । राजु कार्कीको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

भिडियोमा छायाङ्कन किरण राई र सुरेश राई तथा सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।

भिडियोको परिकल्पना पनि निकेस राईकै रहेको छ ।

 

प्रतिक्रिया
Loading...