नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले २०७८-२०७९ देखि बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।
सो पुरस्कार २०७८ सालका लागि साहित्यतर्फ आख्यानतर्फ डा. ध्रुवचन्द्र गौतम तथा काव्यतर्फ विष्णुविभु घिमिरेलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
यसैगरी बीपी कोइराला राष्ट्रिय पुरस्कार राजनीतिक दर्शनतर्फ बीपी संग्रहालय (सुन्दरीजल) र इतिहासकार पुरुषोत्तम बस्नेतलाई प्रदान गरिने भएको छ ।
गएको जेठ २० गते मन्त्रालयले विज्ञप्ति जारी गरी सोको जानकारी गराएको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला