दैलेखमा पहिलो पटक बृहत् गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा साहित्य प्रतिष्ठानको कर्णाली प्रदेश शाखाले गत शनिबार सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा गजलकारहरू महेन्द्र चन्द महासागर, निराजन बिष्ट दोषी, सन्देश कठायत र अम्बिका भट्टराई अनुरागी विशेष गजल वाचकको रुपमा रहनु भएको थियो । उहाँहरूले ३ दर्जन गजल वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि नारायण बहुमुखी क्याम्पस दैलेखका प्रमुख नरबहादुर शाही र विशेष अतिथि क्याम्पसका उपप्राध्यापक सुरेन्द्र अधिकारीले उद्घाटन गर्नु भएको कार्यक्रममा अन्य ५ दर्जन बेसी गजलकारहरुले आ-आफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।
आयोजक प्रतिष्ठानको कर्णाली प्रदेश शाखाकी अध्यक्ष बबिता बिष्टको सभापतित्व र सदस्य काजल न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष जङ्ग बोगटी त्रिवेणीले गर्नु भएको थियो ।
सो कार्यक्रम दैलेखको रेडियो ध्रुवतारा, ज्वाला एफएम र रेडियो समावेशी चामुन्डाबाट एकसाथ प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
दैलेखमै यस किसिमको कार्यक्रम पहिलो भएको र पहिलो कार्यक्रमबाट निक्कै हौसला र ऊर्जा प्राप्त भएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अध्यक्ष बिष्टले बताउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।