साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एक साथ १० लघुकथाकृति विमोचित

काठमाडौँ, जेठ २९/ लघुकथा समाजको आयोजनामा १० लघुकथाकारहरूका कृतिहरूको सामूहिक सार्वजनिक गरियो ।

बत्तिस पुतलीस्थित तृप्त रेस्टुराँमा विमोचित लघुकथाहरूमा रञ्जुजी पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश्वराज अधिकारीको ‘पीरको आवाज’, कुमुद शर्मा प्याकुरेलको ‘छप्पन भोग’, ललिता दोषीको ‘महान् कविज्यू’, मनीष शर्मा समितको ‘हराएको शहर’, किशन पौडेलको ‘खुसी’, म्यामराज राईको ‘हाम्रो बाटो’, खेमराज पोखरेल (सं) को ‘संयोग’, खेमराज पोखरेलको ‘श्रीवल्ली’ र गायत्रीकुमार चापागाईंको ‘गाईजात्रा’ रहेका छन् ।

bahulako diary small and inside post

विमोचित पुस्तकहरूलाई पुष्करराज भट्ट, गोपाल अश्क, हेमचन्द्र नेपाल र कुमारप्रसाद कोइरालाले फरक फरक कृतिमाथि आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि प्रख्यात नाटककार अशेष मल्ल हुनुहुन्थ्यो भने खेमराज पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा देवकी तिमिल्सिना, पवन आलोक, नरेन्द्रराज पौडेल, महेश प्रसाईं, लव गाउँले, गोविन्द गिरी प्रेरणा, प्रमोद प्रधान, ध्रुव मधिकर्मी, दिव्य गिरी, बाह्रखरी डट कमका राजेश खनाल, राधेश्याम लेकाली, रामप्रसाद पन्त, युवराज मैनाली, विमल भौकाजी, प्रकाश घायल, हिरण्य कुमारी पाठक, गङ्गा कर्माचार्य, निशा के़सी., मन्दिरा मधुश्री, विमला देवकोटा अधिकारी, नम्रता शर्मा, ममता मृदुल, देवा अधिकारी, मन्दिरा चापागाईं, कमला रानी, अश्विनी कोइराला, राजबाबु श्रेष्ठ सागर, सङ्गीतकार सन्तोष श्रेष्ठ, जय छाङछा, प्रदीप पौडेल, यादव भट्टराई, रूद्र अधिकारी, भुवन पाठक, गोकुल अधिकारी, बिक्रम भक्त जोशी, विनोद नेपाल, दीपक लोहनी, शङ्कर भारती, लीलाराज दाहाल, श्रीराम राईलगायत उल्लेख्य सङ्ख्यामा अन्य साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

साहित्यिक पत्रकार तुलसीहरि कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गर्नुभएको थियो ।

प्रतिक्रिया
Loading...