साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अन्जना ताम्राकारको ‘लुमन्तिया न्हाय्कं’ सार्वजनिक

नेपालभाषाका कवयित्री तथा उपन्यासकार अन्जना ताम्राकारको कविता सङ्ग्रह लुमन्तिया न्हाय्कं (सम्झनाको ऐना) एक समारोहका बिच विमोचन गरिएको छ ।

सिर्जना अभियान समाजको आयोजनामा भएको सो समारोहमा वरिष्ठ उपन्यासकार मल्ल के सुन्दर, गीतकार एस.पी. कोइराला, कवि पुष्पराज राजकर्णिकार, गायिका अन्जान शाक्य र पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकालले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

विमोचनपछि बोल्दै प्रमुख अतिथि मल्ल के सुन्दरले कविताहरुमा प्रयुक्त विम्ब र प्रतीकहरु प्रभावकारी रहेको बताउँदै सांस्कृतिक विषयलाई पनि कवितामा केही ठाउँमा उठाइएको छ भन्नुभयो ।

bahulako diary small and inside post

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक शाक्य सुरेनले कविताहरु पीडा र वियोगले गर्दा अत्यन्त भावपूर्ण रहेको बताउनुभयो ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गायक स्व. रमेश ताम्राकारलाई सम्झंदै उनको बारेमा लेखिएका अधिकांश कविता मर्मस्पर्शी रहेको बताउनुभयो ।

कवि तथा गीतकार एस.पी. कोइरालाले आफूले नेपालभाषा नबुझे पनि केही कविताको भावले आफूलाई छोएको बताउनुभयो ।

कृतिका स्रष्टा अन्जना ताम्राकारले शोक र वियोगको पीडालाई आफूले साहित्यमा लगाएको बताउनुभयो ।

साहित्यकार धु्रव मधिकर्मीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकाल, कवि पुष्पराज राजकर्णिकार, गायिका अन्जान शाक्य र विमला मानन्धरले पनि बोल्नुभएको थियो ।

सिर्जना अभियान प्रकाशक रहेको लुमन्तिया न्हाय्कं कवितासङ्ग्रहमा पीडा, वियोग, प्रेम, आत्मीय सम्बन्ध र संस्कृति विषयका ६६ वटा कविताहरु संग्रहित छन् ।

 

 

 

प्रतिक्रिया
Loading...