नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान, अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गर्नु भएको छ ।
नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको आयोजना, गैर आवासीय नेपाली संघ अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य समिति र अष्ट्रेलियन सरकारको सहयोगमा ११ जुन २०२२ शनिबार सिड्नीमा गरिएको कार्यक्रमको पहिलो सेसनअन्तर्गत भानु जयन्ती कार्यक्रममा शर्मालाई अवार्ड प्रदान गरिएको हो।
सो कार्यक्रममा नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाकी अध्यक्ष सुजाता केसी, नेपाली समुदायका अगुवा सो कार्यक्रमका प्रमुख अतिथि डा. नारायण प्रधान, अडर अफ अष्ट्रेलियाबाट विभूषित ईन्द्रा वन, गैर आवाशीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य स्टेट कोर्डिनेटर देव गुरुङ, नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाका पूर्व अध्यक्ष रवीन्द्रकुमार शर्मा लगायतले अवार्ड प्रदान गर्नु भएको छ । देवदह रुपन्देहीका शर्मा हाल अष्ट्रेलियामा बस्दै आउनु भएको छ ।
वि.सं. २०७४ मा उनको कविता संग्रह “प्रवासका जूनहरू” तथा दुई वटा गीत मुटुभरि देश बोकी” र “जादू” रिलिज भएका छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।